भर्खरै :

सहलह साकोसको साधारणसभा सम्पन्न

भक्तपुर, २ कार्तिक । सहकारी संस्थाको साधारणसभामा सहभागी भएर लाभांश र उपस्थिति भत्ता लिएर फर्कनुमात्रै साधारणसभामा सहभागी हुनु मानिँदैन ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले सहलह बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढीको बा¥हौँ वार्षिक साधारणसभामा व्यक्त गर्नुभएको हो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले सहकारीले समस्या परेका सदस्यलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष रामेश्वर मचामसीको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजू, सल्लाहकार त्रि–रत्न ग्वाछा, सिद्धि गणेश साकोसका अध्यक्ष राजन लाखा, झिगु ख्वप साकोसका अध्यक्ष तुल्सीराम ग्वाछा, जय भिमसेन साकोसका रामकाजी शिल्पकार, विकास साकोसका रोशनराज तुइतुई, श्रमिक साकोसका राजाराम गोसाईलगायतले शुभकामना मन्तव्य राख्नुभएकोे थियो ।
कार्यक्रमको दोस्रो चरणमा सचिव श्याम तजलेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद ग्वाछाको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक केशरीमैँयाले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरिएको थियो । बन्दसत्रले श्याम तजलेको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति र केशरीमैंया ग्वाछाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो ।
निर्वाचन समितिका संयोजक पुरुषोत्तम ग्वाछाले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने सदस्य रामप्रसाद ग्वाछा र बालकृष्ण ध्वोँजूले शुभकामना तथा बधाई मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *