सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
इस्तानबुल, १९ अक्टोबर । टर्कीका राष्ट्रपति रिसेप तायिप इर्डोगनले संरा अमेरिकाले टर्कीलाई दिएका वचन पूरा नगरे उत्तरी सिरियामाथि टर्कीले थालेको हमलालाई निरन्तरता दिने घोषणा गरेका छन् । टर्कीले संरा अमेरिकी आग्रह मानेर उत्तरी सिरियामा १२० घण्टाको लागि सैनिक हमला स्थगित गरेको छ ।
इस्तानबुलमा विदेशी पत्रकारहरूसँग कुराकानी गर्दै उनले वचन पूरा नभए १२० घण्टा सकेलगत्तै हमला थाल्ने बताए ।
गत बिहीबार संरा अमेरिका र टर्कीबीच उत्तरी सिरियामा टर्कीले स्थापना गर्ने भनिएको ‘सुरक्षित क्षेत्र’ बाट कुर्द लडाकूलाई पछि हटाउन १२० घण्टाको युद्धविरामको सहमति भएको थियो । संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्सको टर्की भ्रमण त्यस्तो सहमति भएको थियो ।
टर्कीका राष्ट्रपतिले तल अब्याद र रस अल यनलगायतका सिरियाली सहरबाट कुर्द लडाकूलाई हटाइएको घोषणा गरे ।
“प्रक्रिया जारी छ”, उनले भने,“कामिश्ली सहरमा रुसी सेना छन् । अरु विभिन्न क्षेत्रमा सिरियाली सरकारी सेना छन् ।”
इर्डोगनले आगामी अक्टोबर २२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा सो क्षेत्रबारे छलफल गर्ने जानकारी दिए ।
सिरियाली सरकारले सो क्षेत्रमा ‘गल्ती गरे’ टर्कीले प्रतिक्रिया जनाउने उनले घोषणा गरे ।
टर्कीले बीस लाख सिरियाली शरणार्थीलाई बसोबासको व्यवस्था गर्न उनले ‘सुरक्षित क्षेत्र’मा १२ वटा शिविर स्थापना गर्ने बताए ।
टर्कीले ३६ लाख सिरियाली शरणार्थीलाई शरण दिँदै आएको छ । आर्थिकरूपमा आफैं बिरामी टर्कीको लागि सिरियाका ती शरणार्थी टाउको दुखाइको विषय बनेको छ ।
Leave a Reply