महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, २ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार तलेजु बचत तथा ऋण सहकारी संस्थाको बा¥हौँ साधारणसभा सम्पन्न भयो ।
सभामा प्रमुख अतिथि सुवालले बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यको समान हितमा कार्य गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
उहाँले भन्नुभयो, “बहुदलपछिका सरकारहरूले ३० भन्दा बढी सार्वजनिक संस्थानहरू निजीकरण गरी केही व्यक्तिलाई पोस्ने काम गरे ।”
सङ्घ प्रदेशले स्थानीय तहलाई हस्तक्षेप गर्न नहुने धारणा राख्दै सांसद सुवालले जहाँनिया राणाशासनको अन्त्यपछि निर्दलीय पञ्चायती व्यवस्थाले ३० वर्ष देश र जनतामाथि शोषण गरेको र बहुदलपछिका सरकारहरूले पनि पञ्चायतकै पदचिह्नलाई पछ्याई नेपाली जनताले दुःख दिइरहेका छन् भन्नुभयो ।
नेकाको सरकारजस्तै वर्तमान ओली र दाहाल सरकारको पालामा पनि भ्रष्टाचार नरोकिएको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “मन्त्री र सरकारी पार्टीका सांसदहरूको ध्यान काठमाडौँमा घरजम गर्नेतिर छ । देशको सन्तुलित विकास गर्ने लक्ष्य सरकारसँग छैन । काठमाडौँ घरजम गरी निर्वाचनमा जनताको मत किन्ने नियत राखेका सरकारी सांसदहरूले देश र जनताको हित गर्नसक्दैनन् ।”
हत्या–हिंसाका अपराधीहरूमाथि कारबाही गरिएजस्तै भ्रष्टाचारीहरूमाथि पनि कारबाही सुरू गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकारमा गएका पार्टीका सांसदहरू नै फौजदारी अपराधमा संलग्न हुनु खतराको सङ्केत हो । देशको यो अप्ठेरो स्थितिबारे सरकारमा गएका पार्टीका कार्यकर्ताहरूले आ–आफ्ना नेतालाई खबरदारी गर्नुपर्छ ।”
सांसद सुवालले भन्नुभयो, “धन–सम्पत्तिले इज्जत हुन्छ भन्ने होइन । संस्कृति, संस्कार र राम्रो आचरणले व्यक्तिको प्रतिष्ठा बढ्ने हो ।”
संस्थाका अध्यक्ष रामहरि गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि हरिप्रसाद बल्ल र मित्र सहकारीका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेलाले रामकृष्ण त्वायनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।
Leave a Reply