महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
–एल. पोखरेल
धनगढी, १ कार्तिक । धनगढी उपमहानगरपालिकाको अधिकांश भित्री बाटाहरू खाल्डाखुल्डीले बिजोग अवस्थामा पुगेका छन् । बाटोघाटोको स्तरोन्नति हुन नसक्दा दैनिकजसो सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । खाल्डाखुल्डीका कारण धनगढीका अधिकांश भित्री सडकहरू जीर्ण बन्न थालेका छन् ।
समयमै मर्मत नगर्दा सहायक रोडका भित्री सडकहरू जीर्ण बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेशकै एकमात्र उपमहानगरपालिकाको रूपमा रहेको धनगढीमा कालोपत्रे सडक फुटेर ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । सडक बिग्रेका कारण सडकमा बनेका खाल्डोले दैनिक साना ठूला सवारी दुर्घटना हुने गरेको भन्दै सवारी चालकहरू र स्थानीय जनताले नगरपालिकाप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । सडक बिग्रेर हिँड्डुल गर्न समस्या भए पनि सरोकारवाला निकाय मौन छन् ।
उपमहानगरपालिकाभित्रका पक्की सडकहरू ठाउँठाउँमा भत्किएपछि सडकको क्षेत्र कुरूप बन्दै गएको छ । सडक भत्किएको लामो समय हुँदा सम्बन्धित निकायले ध्यान नदिँदा सवारी साधन र पैदल यात्रुलाई समस्या सिर्जना भएको छ । मालपोत रोडमा ‘चिया नास्ता’ पसल गर्दै आउनुभएका कृष्णप्रसाद पौडेलसँग कुरा गर्ने क्रममा उहाँ थप्नुहुन्छ, सामान्य वर्षा हुँदा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने समस्या यस सडकको विशेषताजस्तै बनेको छ । उपमहानगरपालिकाभित्रकै सडक कुरूप बन्नु लाजमर्दो भएको बताउनुहुन्छ मालपोत रोडमै कपडा सिलाउँदै आउनुभएका अहमत टेलरका सञ्चालक अहमत अन्सारी ।
मालपोत रोडमा प्रदेश सामाजिक विकास मन्त्रालयअगाडि नै खाल्डो परेर पानी जमेको छ । जिल्ला प्रशासन गेटअगाडि नै पानीको पाइप फुटेर निःशुल्क पार्किङ स्थल भनेर राखिएको बोड पानी र हिलोमा फसेको छ । कमसल सामग्री प्रयोग भई ठेकेदारले निर्माण गरेका कतिपय धनगढी नगरका पुराना भित्री सडकहरू समयमै मर्मत नहुँदा सडकहरू जीर्ण बन्दै गएका हुन् ।
क्याम्पस रोडदेखि सहिदगेट चटकपुर जोड्ने बाटो, पुरानो सब्जिमण्डी सडक, धनगढीदेखि जुगेडा जाने सडक, शिव मन्दिरको सडक खण्ड, वडा नं १० अन्तर्गत पर्ने घुइँयाघाटजस्ता ठाउँको सडक निकै जीर्ण अवस्थामा रहेका छन् ।
स्थानीय सरकार, सडक विभाग र सम्बन्धित निकायको बेवास्ताका कारण सडक जीर्ण बन्दै गएको बताउँदै सडकहरू चाँडो मर्मत गर्नुपर्ने सर्वसाधारण नागरिकको माग रहेको छ ।
नगरपालिकाले नगरवासीबाट करमात्र लिएको तर जनताको समस्या समाधानतर्फ उपमहानगरपालिका कार्यालय र जनप्रतिनिधि गम्भीर नरहेको भन्दै नगरवासीको गुनासो बढ्दै गएको छ । चुनावको बेला विकास निर्माणको झूटा आश्वासन दिई चुनाव जितेका जनप्रतिनिधि आज जनतासँग गरेको प्रतिबद्धता बिर्सेर आफ्ना नजिकका नातागोता र कार्यकर्तालाई उपभोक्ता समितिमा राख्दै विकास निर्माण योजनामाथि लुट मच्चाइरहेकोले पनि सडकको गुणस्तर कम भएको भन्नुहुन्छ, क्याम्पस रोडमा ठेला व्यापार गर्दै आउनुभएका जुगेडाका व्यापारी सनत धामी ।
नगरपालिकाले सडक निर्माण, ग्राभेल र मर्मतको लागि बजेट विनियोजन गरे पनि उचित अनुगमन र नियमन गर्न नसक्दा ठेकेदारले काम कमसल पारी विकास निर्माण कार्य कमजोर बनाउँदा पनि कारबाही नगर्नु भनेको नगरपालिका कर्मचारी र जनप्रतिनिधि कमिसनको खेलमा फसेको भन्ने आरोप नगरवासीले लगाउँदै आएका छन् ।
Leave a Reply