अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
ला पाज, २० अक्टोबर । ल्याटिन अमेरिकी समाजवादी देश बोलिभियामा राष्ट्रपतिको चुनाव आइतबार सुरु भएको छ । ल्याटिन अमेरिकाका विभिन्न समाजवादी सरकारमा एक पछि अर्को सङ्कट आइरहेको समयमा बोलिभियामा चालू निर्वाचनलाई संसारले विशेष महत्वका साथ हेरिरहेका छन् । बोलिभियामा ‘ते’ नामले चर्चित ते मोरालेस निर्वाचनमा विजयी हुने सम्भावना प्रबल छ । निर्वाचनको परिणामबारे गरिएका अधिकांश मत सर्वेक्षणले मोरालेस नै अग्रस्थानमा देखिएका छन् । केही विपक्ष मत सर्वेक्षणले समेत मोरालेसको जीत हुने देखाएको छ । तर, उनीहरूले मोरालेस पहिलेभन्दा कम मतान्तरले जित्ने देखाएको छ । चालू निर्वाचनमा विजयी हासिल गरे उनले लगातार दुई दसक सरकारको नेतृत्व गर्नेछन् ।
चकलेट र कोकिनसमेत उत्पादनमा प्रयोग हुने वनस्पति कोका उत्पादक नेता हुँदै राजनीतिमा आएका मोरालेस सन् २००६ मा बोलिभियाका प्रथम आदिवासी राष्ट्रपतिको रुपमा पहिलो पटक निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपछि बोलिभियामा आर्थिक र राजनीतिक स्थायित्व हुनुका साथै समाजवादी सुधारका कार्यक्रम भएका छन् । बोलिभिया १ करोड १० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित देश हो । मोरालेस सत्तासीन भएयता क्यारिबियाली समाजवादी देश क्युवासँग निकटको सम्बन्ध विस्तार गरिएको छ ।
“म तेलाई समर्थन गर्छु किनभने म अर्थतन्त्रमा स्थायित्व चाहन्छु”, ५५ वर्षका इलसा लिमाले भने । उनी राजधानी ला पाजमा मिठाइको व्यापार गर्छन् । मोरालेस निर्वाचनमा नजिते देश सङ्कटमा जानसक्ने उनको भनाइ छ । बोलिभियाली जनता चिली, इक्वेडर र अर्जेन्टिनामा हाल व्याप्त आर्थिक सङ्कटबारे सजग छन् । चुनावमा निर्वाचित राष्ट्रपतिले आगामी सन् २०२० देखि २०२५ सम्ममा पद सम्हाल्नेछन् ।
चुनावमा मोरालेसले ‘सुरक्षित भविष्य’ नारा दिएका छन् । मोरालेसले अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बहुराष्ट्रिय वित्तीय निकायबाट ऋण लिन नहुने धारणा राख्दै आएका छन् । इक्वेडरमा हाल चर्केको आन्दोलनको निम्ति मुद्राकोषबाट लिएको ऋण जिम्मेवार भएको ल्याटिन अमेरिकी जनता सचेत छन् । बोलिभियाका विपक्षी दलका नेता कार्लोस मेसाले चुनाव जिते मुद्राकोषबाट ऋण सहायता लिनसक्नेमा जनता सजग छन् ।
बोलिभियामा चालू निर्वाचन समाजवादी कार्यक्रम र नवउदारवादी कार्यक्रमबीचको द्वन्द्वको रुपमा हेरिएको छ । मोरालेसले समाजवादी खेमाको नेतृत्व गरिरहेका छन् भने मेसा नेतृत्वको खेमाले नवउदारवादको पक्षपोषण गरिरहेको छ । संरा अमेरिकाले पछिल्लो समय ल्याटिन अमेरिकी देशमा रहेका समाजवादी वा प्रगतिशील नेतृत्वमाथि एकपछि अर्को हमला गरिरहेको सन्दर्भमा बोलिभियामा चालू चुनावमा पनि हस्तक्षेप हुनसक्ने बताइएको छ ।
तथापि बोलिभियाली जनताबीच निकै लोकप्रिय मोरालेसको नेतृत्वले बोलिभियामा समाजवादी कार्यक्रमलाई अझ अघि बढाउने विश्वास गरिएको छ ।
Leave a Reply