तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३ कार्तिक । नेपाल मजदुर किसान पार्टी चाँगु २ वडा एकाइ समितिको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट झौखेलमा पार्टी तथा जनवर्गीय सङ्गठन र टोल सुधार समितिका समर्थकहरूको भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले सरकारले देश र जनताको हित हुने काम नगरी पद र पैसाको लागि राजनीति गरी अरबौँ रकम भ्रष्टाचार गरिरहेको बताउनुभयो । ४० लाखभन्दा बढी भारतीय नागरिकलाई नेपाली नागरिकता दिई नेपाललाई काश्मीर बनाउन खोजिएको उल्लेख गर्दै उहाँले देशको सीमामा भारतले भूमि थिचोमिचो गरिरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले चुनावी घोषणापत्र, पार्टीको सिद्धान्त र नीतिअनुसार सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
बर्खे पाटी टोल सुधार समितिका अध्यक्ष दिलनारायण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रा युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटा र गणेशराम सुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply