सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
राजन
सामान्यतः विभिन्न विधामा दिइने नोबेल पुरस्कारमध्ये शान्ति र साहित्य विधा विवादास्पद हुने गर्छ अर्थात् त्यो विश्व राजनीतिबाट प्रेरित हुन्छ । तर, यसपालि अर्थशास्त्रमा दिएको नोबेल पुरस्कारमा समेत विवाद भएको छ । यो विवादको सिर्जना भारतभित्रै भएको छ । भलै भारतीय प्रधानमन्त्री मोदीले अभिजित बनर्जीलाई बधाई दिएका छन् । तर, उनकै कार्यकर्ताहरू अभिजितमाथि खनिएका छन् । मोदी विरोधी भएको हुनाले अभिजितले पुरस्कार पाएको भन्ने उनीहरूको अनौपचारिक ठम्याइ छ । मोदी कट्टर हिन्दूवादी भएकाले पश्चिमेलीहरू मोदी विरोधी हुन् भन्नेजस्ता तर्क भाजपाको रहेको छ भने अर्को कुरा अभिजित काँग्रेस समर्थक पनि हुन् । सन् २०१९ को भारतीय लोकसभाको चुनावमा काँग्रेसको चुनावी घोषणापत्रमा उल्लेख ‘न्याय योजना’ तयार गर्नमा अभिजितको महत्वपूर्ण भूमिका रहेको थियो । यसमा ५ करोड तल्लो वर्गका गरिबलाई महिनाको ६ हजार भारतीय रूपैयाँको दरले वर्षको ७२ हजार दिने उल्लेख गरिएको थियो । तर, त्यो चुनावी घोषणापत्रले काँग्रेसलाई चुनाव जिताउन सहयोग गरेन । मोदी सरकारले गरेको नोटबन्दीको विरोध गर्नेमा अभिजित पनि प्रमुख हुन् । उनका अनुसार नोटबन्दीले आर्थिक वृद्धिमा नकारात्मक असर पर्नेछ । विशेषगरी असङ्गठित क्षेत्रमा नोटबन्दीले अधिक असर पर्नेछ । त्यसैले नोटबन्दी देश हितको लागि ठीक छैन । नभन्दै अहिले भारतको गार्हस्थ उत्पादनमा निकै कमी आइरहेको छ । भारतभरि एउटै कर प्रणाली (जीएसटी) को पनि प्रखरविरोधी हुन्, अभिजित । अर्को चाखलाग्दो कुरा के छ भने वर्तमान समयमा भारतमा भाजपाविरोधीहरूलाई देशद्रोही भन्ने चलन नै चलेको छ । त्यसैले भारतीय मूलका भएर पनि अभिजितले नोबेल पुरस्कार जितेकोमा केही भारतीय खुसी छैनन् । त्यसैगरी चिनियाँहरूले यसपालिको नोबेल छनौट निष्पक्ष नभएको भनेर असन्तुष्टि जनाएका छन् । करोडौँ चिनियाँहरूलाई गरिबीबाट मुक्त गरेको चिनियाँ अर्थनीति नोबेल पुरस्कार विजेताहरूको गरिबी घटाउने अनुसन्धानभन्दा कम उत्कृष्ट नरहेको उनीहरूको भनाइ छ । हुन पनि नोबेल पुरस्कार भनेको नितान्त पश्चिमेली स्वार्थअनुसार चल्ने पुरस्कार हो भन्ने आमधारणा रहेको छ ।
पुरस्कारको नाम !
शाही स्वीडिस एकेडेमीले अर्थशास्त्रमा नोबेल पुरस्कारको रूपमा चिनिएको Sveriges Riksbank Prize in Economic Sciences यसपालि भारतीय मूलका अर्थशास्त्री अभिजित बैनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई प्रदान गरेका छन् । हामीले भन्ने गरेको अर्थशास्त्रमा नोबेल पुरस्कारको वास्तविक नाम यही हो । यो पुरस्कारको राशि नोबेलको कोषबाट नभइकन स्वीडेनको केन्द्रीय बैङ्कले प्रदान गर्छ । त्यसैले यस पुरस्कारलाई कसै कसैले नोबेल पुरस्कार नै होइन पनि भन्छन् । बनर्जी र डुफ्लो श्रीमान् श्रीमती हुन् । माइकल क्रेमर हाडवर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । सन् २०११ “Poor Economics: Rethinking Poverty and the Way to End It” पुस्तक प्रकाशित भएदेखि नै विश्वस्तरीय अर्थविद्हरूबीचमा बनर्जी र डुफ्लोको चर्चा चुलिएको थियो ।
विश्वव्यापी गरिबी निर्मूलनको प्रयोगात्मक विधिको लागि उनीहरूलाई नोबेल पुरस्कार दिइएको हो । स्वीडिस एकेडेमीको वक्तव्यमा भनिएको छ, “२०१९ नोबेल पुरस्कृत यी अर्थशास्त्रीहरूले गरेको अनुसन्धानले विश्व गरिबी विरूद्धको लडाइँ” मा उल्लेखनीय सफलता हासिल भएको छ । दुई दशकमा उनीहरूको प्रयोगमा आधारित विधिले विकास अर्थशास्त्रलाई रूपान्तरण गरेको छ । संसारमा हालैको नाटकीय आर्थिक वृद्धि भए पनि विश्व गरिबीलाई घटाउने मुद्दा मानवीयताको हिसाबले महत्वपूर्ण छ । न्यून आय भएका ७० करोड जनसङ्ख्या अहिले पनि मुश्किलले जीवन निर्वाह गरिरहेका छन् । हरेक वर्ष ५ वर्षमुनिका लगभग ५० लाख बालबालिकाको उपचार खर्च थोरै भए पुग्ने साधारण रोगबाट मृत्यु भइरहेको छ । संसारभरका आधाभन्दा बढी बालबालिकाले सामान्य लेखपढ गर्न नसिकिकनै स्कूल छोडेका हुन्छन् । यही अनुसन्धानअनुरूप धेरै देशमा स्वास्थ्य सुविधामा अनुदान दिने व्यवस्था गरिएको छ । विश्व गरिबीसँग लड्न उत्कृष्ट उपायको लागि यसपालिका पुरस्कृत अर्थशास्त्रीहरूले प्रतिपादन गरेको विधिबाट भरपर्दो जवाफ दिन सकिने छ । सङ्क्षेपमा बाल स्वास्थ्य र सुधारिएको शैक्षिक परिणामको लागि प्रभावकारी सरकारी हस्तक्षेपको आवश्यकता छ । उनीहरूले अनुसन्धानमा Randomization controlled trialविधि प्रयोग गरेका थिए । उनीहरूका अनुसन्धानले साना–साना र विशेष खालको प्रश्नको जवाफ प्राप्त गर्न ठोस उपाय सुझाएको छ ।
अभिजित बनर्जी र इथर डफ्लोको प्रयोगात्मक अनुसन्धान विधिले विकास अर्थशास्त्रमाथि प्रभुत्व जमाएको छ । बनर्जीले प्रयोग गरेको विधिको माध्यमबाट प्रत्यक्षरूपमा भारतका ५० लाख बालबालिकाले लाभ लिएको विश्वास गरिन्छ भने अर्कोतिर स्वास्थ्य क्षेत्रमा रोग रोकथाममा अनुदानको व्यवस्था थुप्रै मुलुकमा सुरू गरिएको छ । यी दुई उदाहरणले पनि विश्वव्यापी गरिबी निवारणको लागि बनर्जीको अनुसन्धानले सहयोग गरेको देखाउँछ । यस अध्ययनले देखाएको विधि प्रयोगले भविष्यमा अझै विश्वबाट गरिबी हटाउन मद्दत गर्नेछ ।
के हो Randomization Controlled Trial ?
अभिजित र एस्थरले अनुसन्धानमा प्रयोग गरेको विधिको नाम हो Randomization Controlled Trial(आरसीटी) । यो वैज्ञानिक विधि हो । यो प्रायः चिकित्सा विज्ञानमा प्रयोग गरिन्छ । यसले नयाँ उपचार पद्धतिको प्रभावकारिताको प्रयोगमा हुने त्रुटिलाई न्यूनीकरण गर्न मद्दत गर्छ । बिरामीहरूलाई विभिन्न भागमा विभाजित गरिन्छ र फरक ढङ्गले उपचार गरिन्छ । त्यसको प्रभावकारितालाई तुलना गरिन्छ । यसलाई पूरा गर्न हचुवाको भरमा विभिन्न समूह बनाइएको हुन्छ । एउटा हस्तक्षेप गरेर मूल्याङ्कन गरिएको प्रयोगात्मक समूह बनाइन्छ भने अर्को समूह नियन्त्रण समूह जोसँग वैकल्पिक अवस्था रहेको हुन्छ । बुझ्न सजिलोको लागि एउटा सामान्य उदाहरण लिऊँ, औषधिको प्रभावकारिता जाँच्न गिनिपिगलाई दुई समूह बनाइन्छ, एउटा समूहलाई औषधिको प्रयोग गरिन्छ भने अर्को समूहलाई विनाऔषधि उपचार गरिन्छ । औषधिको प्रभावकारिता प्रयोगात्मक ढङ्गले विश्लेषण गरिन्छ ।
विधिको आलोचना
यो विधि मानिसमाथि प्रयोग गरेकोले यसको आलोचना पनि भएको छ । गिनिपिगलाई चिकित्सा शास्त्रमा जसरी एउटा वस्तुको रूपमा प्रयोग गरिन्छ त्यसरी नै मानिसलाई प्रयोग गरिएको हुन्छ, ‘आरसीटी’ विधिमा । आलोचकका अनुसार समाजमा रहेका मानिसहरू वर्ग, लिङ्ग र जातिको कारणले गरिब भएका छन् । तिनीहरूको व्यवहारमा जाति, लिङ्ग र वर्गले प्रभाव पारेको हुन्छ । तर, यो मोडेलमा वर्ग, जात वा लिङ्गको कारणले हुने शोषणबाट भएको गरिबीको व्याख्या यस मोडेलमा उल्लेख गरिएकै छैन । गरिबीलाई सानो प्रोत्साहनले ती व्यक्तिको व्यवहारमा परिवर्तन हुनसक्छ कि सक्दैन भनी हेरिन्छ । यदि त्यो सानो प्रोत्साहनले उनको व्यवहारमा सकारात्मक परिवर्तन हुन्छ भने नीति निर्माणको हिस्सा बनाइन्छ । यो एकदम मिल्ने कुरा होइन । जबसम्म वर्ग, जाति वा लिङ्गको कारणले हुने गरिबीको कारणमाथि आक्रमण गर्नसक्दैन ती साना–साना प्रोत्साहनले गरिबी घट्दैन भन्ने अर्को थरी अर्थशास्त्रीहरूको भनाइ छ । साना–साना प्रोत्साहनबाट व्यक्तिको व्यवहारमा आउने परिवर्तनभन्दा अरू थुप्रै कारण हुन्छन् मान्छेको व्यवहारमा आउने परिवर्तन । ती कारणहरूलाई यस ‘आरसीटी’ मोडलमा समावेश गरिएको छैन । अरू कारणहरूलाई यथास्थितिमा राखेर विश्लेषण गरिएको हुन्छ । वास्तवमा यहाँ व्यक्तिलाई सङकुचित गरिएको छ । जो व्यक्तिमाथि अनुसन्धान गरिएको छ, तिनीहरूलाई त्यसबारे राम्ररी जानकारी गराइएको हुँदैन । आरसीटी विधिमाथि एउटा नैतिक प्रश्न उठ्छ । उदाहरणको लागि एक समूहलाई प्रोत्साहन दिएर पढ्न लगाइन्छ भने अर्को समूहलाई विनाप्रोत्साहन । यदि विनाप्रोत्साहनको समूहले पढेन भने त्यो समूहमाथि अन्याय भएको हुन्छ । त्यसैले यसमा नैतिक पक्ष पनि जोडिएको हुन्छ । यो सरासर मानवताविरूद्ध हो ।
हरेक चिजको सकारात्मक र नकारात्मक पक्ष भएजस्तै यो विधिको अपवाद त पक्कै रहेन होला । अतः सकारात्मक पक्षलाई समेटेर सकभर मानव हितको लागि नोबेल पुरस्कारबाट पुरस्कृत व्यक्तित्वहरूको विद्यालाई उपयोग गर्न सकियोस् । पुरस्कार विजेताहरूलाई शुभकामना ।
Leave a Reply