शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
मध्यपुर, ४ कार्तिक । मध्यपुर ठिमीको तुलाननी टोलमा हुने एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सफल पार्न प्रचारात्मक कार्यक्रम भइरहेको छ । यस सिलसिलामा विभिन्न उपसमितिहरू गठन भएका छन् । साहित्य समाजका अध्यक्ष सूर्यराम श्रेष्ठका अनुसार सुरोज प्रजापतिको संयोजकत्वमा प्रचारप्रसार समिति, शिवहरि प्रजापतिको संयोजकत्वमा साहित्य समिति, वीरकृष्ण प्रजापतिको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । त्यसैगरी राजकुमार प्रजापतिको संयोजकत्वमा सांस्कृतिक समिति र प्रदिप श्रेष्ठको संयोजकत्वमा ¥याली व्यवस्थापन समिति गठन गरिएको छ ।
विविध भाषा साहित्य सम्मेलन कार्तिक १२ गते हुनेछ । सोही दिन बिहान न्हूँ दँ ¥याली हुनेछ । बोडे चारदोबाटोबाट सुरु हुने न्हूँ दँ ¥याली तुलाननीमा सम्पन्न हुनेछ ।
बिहान ११ बजे साहित्य सम्मेलन र बेलुका ६ बजे सांस्कृतिक कार्यक्रम हुनेछ ।
साहित्य सम्मेलनको लागि कार्तिक १० गतेभित्र साहित्य बुझाउन आयोजक समितिले आग्रह गरिसकेको छ ।
विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम ‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने नाराका साथ प्रत्येक वर्ष भइरहेको छ ।
Leave a Reply