शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
पाल्पा, ४ कार्तिक । पाल्पाको रामपुरका दिलबहादुर थापाले सुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ ।
थापाले जग्गा भाडामा लिएर फूल खेती थाल्नुभएको हो । उहाँले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूल खेती सुरु गर्नुभएको छ । रामपुरमा नयाँ व्यवसाय भएकोले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ । फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालिम लिनुभएका थापाले परीक्षणका रूपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाउनुभएको हो । “अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउनुहुन्छ । उहाँले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पु¥याइसक्नुभएको छ । “परीक्षणको रूपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो । थापाले मालाको आकारअनुसार प्रतिमाला रु. एक सयदेखि रु. एक सय ५० सम्म तथा प्रतिकिलो रु. तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आउनुभएको छ । अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ ।
थापाले फूलको बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ । उहाँ फूल प्रतिबिरुवा रु. २० मा बिक्री गर्नुहुन्छ । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उहाँले फूल खेती सुरु गर्नुभएको हो । “फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो ।
Leave a Reply