भर्खरै :

जनकपुरमा मैले टोपी लुकाउनुप¥यो

कृष्णप्रसाद भण्डारी
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य)
भक्तपुरसँग मेरो सम्बन्ध २०१३ देखिको हो । नेपाल–सोभियत मैत्री सङ्घको अध्यक्षको नाताले पहिले भक्तपुरमा पुस्तकालय खोलेँ । अनि पनौतीलगायतका ठाउँमा पनि पुस्तकालय स्थापना गरेँ । २०१३ देखि नै भक्तपुर मेरो धर्मस्थल बनेको छ ।
शास्त्रमा भनिएको छ, जन्मभूमि स्वर्गादपि गरियसि । मेरो जन्म गौरमा भयो । तर, आज म गौरमा जान पाएको छैन । जनकपुरमा जाँदा मैले टोपी छोड्नुप¥यो । आज यहाँ ढाका टोपीको बदला मलाई कालो टोपी लगाइयो । ढाका टोपी र कालो टोपीमा धेरै अन्तर पाएको छु । जनकपुरमा मैले टोपी लुकाउनुपरेको थियो । यहाँ मैले एउटा टोपीको ठाउँमा दुई वटा टोपी पाएको छु ।
आज म मेरो जन्मूभमि गौर जान पाएको छैन । भनिन्छ, गणतन्त्र र लोकतन्त्र आयो । तर, मेरो लागि खोइ के आयो ? मैले मेरो जन्मभूमि छोड्नुपरेको छ । मेरो सम्पत्ति छोड्नुपरेको छ । मेरो घर भत्किरहेको छ, बनाउन सकिरहेको छैन । म कानुन क्षेत्रको मान्छे हुँ । म अझै पनि भन्छु, नेपालमा सङ्घीय कार्यान्वयन गर्न हुँदैन । सङ्घीयताले मजस्ता हजारौँ हजार मानिसलाई विस्थापित गरेको छ । यही संविधानले नेपाली युवाहरूलाई खाडी, अमेरिका र कोरियामा पु¥याएको छ । नेपालका छोरीहरूलाई बम्बेको रेडलाइट एरियामा पु¥याएको छ । नेपाली छोरीहरू अरब देशमा सेयदको खुट्टा मिचेर बसेका छन् । उनीहरूले पठाएको रेमिट्यान्स पाएर हामी आफूलाई भाग्यमानी ठान्दैछौँ । अनि हाम्रो देशलाई दिसामुक्त घोषणा गर्दैछौँ । कुन कमाइबाट हामी यो काम गरिरहेका छौँ ? हाम्रा छोराछोरीलाई विदेश पठाएर त्यसैको कमाइबाट हामी यो सब गरिरहेका छौँ ।
भारतका प्रधानमन्त्रीलाई हामीले स्वागत ग¥यौँ । चीनका राष्ट्रपति आउँदै छन् । चीनमा अहिले पनि प्रशस्त गरिब छन् । आफ्नो देशका जनतालाई खुवाउन उनीहरूलाई प्रशस्त खानाको आवश्यकता छ । तर, आज हामी चीनका राष्ट्रपतिसँग मागिरहेका छौँ ।
मेलम्ची बन्न थालेको धेरै वर्ष भयो । मेलम्ची आज केही माफिया र भ्रष्टाचारहरूको खाने बाटो बनेको छ । कुलेखानीको त्यही हालत छ । यसको लागि म कसैलाई दोष दिन चाहन्न । कसैलाई दोष दिन परे नेपाली जनतालाई दोष दिन चाहन्छु । गणेशमानजीको शब्दमा नेपाली जनतालाई ‘जन्तु’ भनियो । अस्ति मैले एउटा लेख पढेको थिएँ, त्यसमा लेखिएको थियो, ‘मतदाताहरू भ्रष्टलाई भोट दिन्छन् । असललाई भोट दिँदैनन् ।’ टङ्कप्रसादजीलाई हराएर आएका जनता हौँ हामी । म पनि जनता हुँ ।
फ्रान्समा मैले एउटा कला प्रदर्शन हेरेँ । दुई वटा चित्र मैले बुझेँ, दुई वटा बुझ्न सकिनँ । कालो रङ्ग पोतिएको थियो एउटामा । कालो रङ्गले छोपेको यो के चित्र होला ! अर्को थियो–सेतो रङ्गले पोतेको । मैले बुझ्न नसकेपछि साथीलाई सोधेँ–“के हो यो, मैले बुझ्न सकिनँ ।”
“अलि गहिरिएर हेर्नोस् न ।”
“अहँ ! मैले त बुझिनँ ।”
“कालो रङ्गको माथि एउटा रातो बिन्दु देख्नुहुन्छ । आजको संसार कालो छ । त्यो रातो बिन्दु भनेको कम्युनिस्ट हो । त्यो रातो रङ्ग बिस्तारै फैलिएर कालोलाई विस्थापित गर्नेछ”, मलाई भनियो ।
मैले सोधेँ, “यो सेतो के हो त त्यसो भए ?”, मैले थप जिज्ञासा राखेँ । त्यो चित्रमा पनि क्रान्तिकारी योद्धाहरूको सङ्घर्ष र योगदान देखाइएको रहेछ ।
आज देशमा ५ सत्न्दा बढी स्थानीय तह छन् । अधिकांशमा माफिया र भ्रष्टाचारीको राज छ । जनताको राज छ भने भक्तपुरमा छ । म भक्तपुरवासीलाई अनुरोध गर्छु, “आफ्नो ज्योति सारा देशमा पु¥याउनुहोस् । विजय अवश्य हुनेछ ।”
मैले मेडिकल कलेजको अवस्थाबारे सुनेँ । रामप्रसाद पोखरेलको अध्यक्षतामा हामीले एउटा सामाजिक संस्था इन्टरनेसनल च्यारिटी स्थापना ग¥यौँ । मेडिकल कलेज स्थापना ग¥यौँ । कुनै व्यक्तिलाई धनी बनाउन र माफियालाई धनी बनाउन होइन । काठमाडौँ मेडिकल कलेज हामीले नै स्थापना ग¥यौँ । सात वर्षमा तीन करोड रुपैयाँ भ्रष्टाचारी र माफियाले खाइदिए । हामी असहाय भयौँ । भाग्यवश कुसीराज पन्तले लिनुभयो । आज काठमाडौँ मेडिकल कलेज जोगियो ।
म आँखा अस्पतालको बोर्डमा छु । हामीले एउटा निर्णय ग¥यौँ, उपत्यकाभित्र औषधि उपचार नपाई कोही पनि नागरिक अन्धो हुन नपरोस् । तर हामीसँग जनताको सेवा गर्ने मान्छे पाउन सकिरहेका छैनौँ । चोभारमा स्वास्थ्य चौकी स्थापना हुँदा हामीले एक जना राष्ट्रसेवक पनि पाउन सकेनौँ । बल्ल बल्ल हामीले थानकोट र बुढानीलकण्ठमा स्वास्थ्य चौकी स्थापना ग¥यौँ ।
असल सिक्काले खोटो सिक्कालाई विस्थापित गर्छ । आज देशमा माफियाको राज छ, भ्रष्टाचारको राज छ । हामीले यस्तो परिस्थितिमा सङ्घर्ष गर्न आवश्यक छ । भ्रष्टाचारी भ्रष्टाचारीको मेल हुन्छ र बलिया हुन्छन् । एउटा अर्जुनले महाभारत जित्यो, एकजना महास्थिरले मलेसिया बनाइदिए, एक जना लेनिनले रुसलाई अघि बढाइदिए । माओ त्सेतुङले रोपेको बिरुवा आज संसारभर फैलिरहेको छ । संरा अमेरिकाजस्तो साम्राज्यवादी देशलाई आज कसैले माथ दिनसक्छ भने चीनले दिनसक्छ ।
आज भक्तपुरलाई जस्तो सुन्दर बनाउनुभएको छ, त्यस्तै देशका अन्यत्र भागलाई पनि बनाउन मसाल बोकेर हिँड्न अनुरोध गर्छु ।
(भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *