तीन मुक्तक
- आश्विन ९, २०८३
हिमताल फुटेर बाढीले विध्वंस भो
सारा नेपाली जनधनको क्षतिमा डुब्ने भो
२०८३ भयो १० बुधबार बिहान ९ बजे जलताण्डव नृत्य भो
श्रावण शुक्ल चतुर्दशी नक्षत्र श्रवणको बेहाल भो
कोप प्रकोप भोटेकोसी बाढीको कस्तो भेट हो यो
इतिहासकै ठुलो प्राकृतिक प्रकोप र विनाश भो
कुन रूपमा आउँछौ, कसरी आउँछौ जहिल्यै विध्वंस मच्चाई
गरीब, मजदुर, किसानलाई जहिल्यै सताई
प्राकृतिक स्रोत साधन दोहन भो मानवीय भूल भयो
जलक्षेत्र मिच्दै गयो मानवीय अज्ञानता भो
तिमी उर्लेर आयौ आफ्नो ठाउँको आकार ओगट्यौ
घमण्ड तोड्यौ मानवको पनि एउटा ‘पाठ’ सिकायौ
Leave a Reply