भर्खरै :

इस्लामावादमा त्रिदेशीय कूटनीतिज्ञ कार्यशाला

इस्लामावाद, ५ कार्तिक (सिन्ह्वा) । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञको दशदिने कार्यशाला सुरु भएको छ ।
त्यस कार्यशालामा यी तीन देशका युवा कूटनीतिज्ञको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारमा पाकिस्तानका २३, चीनका आठ र अफगानिस्तानका छ जना युवा कूटनीतिज्ञ सो कार्यशालामा सहभागी छन् ।
कैयौँ वर्षदेखि युद्ध जारी रहेको अफगानिस्तानमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यशालाको आयोजना गरिएको बताइएको छ ।
अफगानिस्तानमा शान्ति प्रक्रियाका साथै दक्षिण एसियाको कूटनीतिक अवस्थाको बारेमा यस कार्यशालामा आवश्यक छलफल हुने र युवा कूटनीतिज्ञलाई यी विषयमा जानकारी दिन यो कार्यशालाको आयोजना गरिएको अधिकारीले जानकारी दिएका छन् ।
तालिमको शैलीमा आयोजना गरिएको सो कार्यशालामा सहभागीलाई चाइना पाकिस्तान इकोनोमिक कोरिडोर, पाकिस्तानको नर्थ वाजिरिस्तान क्षेत्रका साथै पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र टोरखाममा पनि लगिने जानकारी गराइएको छ ।
गत महिनामात्र पाकिस्तान, अफगानिस्तान र चीनका विदेशमन्त्रीको त्रिपक्षीय वार्ता पाकिस्तानको राजधानी इस्लामावादमा भएको थियो ।
सोही त्रिपक्षीय वार्तापछि यसरी तीनओटै देशका युवा कूटनीतिज्ञलाई एक अर्काे देशका बारेमा जानकारी दिने र अफगानिस्तान एवम् क्षेत्रीय शान्तिमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यशालाको अवधारणा विकास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *