पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
डेस मोनस, २४ अक्टोबर । ५२ वर्षका केली डी. कुनिङघम संरा अमेरिकाको आइवा राज्यका एक जना दुग्ध मजदुर हुनुहुन्छ । वाशिङ्टन र पेइचिङबीच नयाँ चरणको व्यापार वार्तामा प्रगति भएको समाचारबाट उहाँ खुसी हुनुहुन्छ ।
“पछिल्लो अवस्थाले हाम्रा उत्पादन जहाजमा लोड भएर संरा अमेरिकाबाट जानेमा हामीलाई आशावादी बनाएको छ”, आइवाको ग्रामीण क्षेत्रमा अवस्थित कास काउन्टीमा रहेको मिल्क अनलिमिटेड डेरी फार्मका व्यवस्थापन साझेदार कुनिङघमले भन्नुभयो ।
उहाँले दुई पक्षबीच एक–दुई वर्षभित्र सबै समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो ।
सन् २०१८ यता संरा अमेरिकी सरकारले चिनियाँ आयातमाथि थप कर थोपरेको छ । यसले संसारका दुई ठूला अर्थतन्त्रबीच व्यापार विवाद बढ्दै गएको छ । संरा अमेरिकाको सो कदमको प्रतिकारमा चीनले पनि संरा अमेरिकी वस्तुमाथि कर थोपरेको छ । चीनले कर थोपरेका संरा अमेरिकी उत्पादनमध्ये दुग्ध उत्पादन पनि परेको छ ।
यो महिनाको सुरुमा दुई देशबीच भएको व्यापार वार्तामा कृषि, व्यापार सहकार्य बिस्तार र विवाद समाधानको विषयमा उल्लेखनीय प्रगति गरेको छ । वाशिङ्टनमा दुई देशबीच नयाँ चरणको उच्चस्तरीय आर्थिक र व्यापार बैठक भएको थियो ।
सो बैठकले बितेका कम्तीमा पाँच वर्षदेखि आफ्नो उत्पादनको मूल्य बढाउन लडिरहेका संरा अमेरिकी दुग्ध मजदुरहरूलाई आशावादी बनाएको छ ।
कुनिङघाम दुग्ध व्यापारमा सन् १९९८ मा प्रवेश गरेका थिए । उनले संरा अमेरिकी दुग्ध उत्पादनको भविष्यको लागि चीनसँगको दिगो व्यापार ज्यादै महत्वपूर्ण भएको बताए । विशेषतः चीनमा दुग्ध उत्पादन निर्यात ५ प्रतिशतले बढाउने महत्वाकाङ्क्षी योजना पूरा गर्न चीनसँगको सम्बन्ध महत्वपूर्ण भएको उनको भनाइँ थियो ।
“हाम्रो कूल उत्पादनको १५ प्रतिशत विदेशिन्छ”, उनले भने । संरा अमेरिकाले दुग्ध उत्पादनको २० प्रतिशत विदेशमा निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ ।
सन् २०१८ मा संरा अमेरिकी दुग्ध उत्पादन सबभन्दा बढी आयात गर्ने देश मेक्सिको थियो । त्यो साल संरा अमेरिकी दुग्ध उत्पादन आयात गर्ने तेस्रो सबभन्दा ठूलो निर्यातकर्ता चीन थियो । आगामी केही वर्षभित्र चीन संसारकै सबभन्दा ठूलो दुग्ध उत्पादनको बजार बन्ने अपेक्षाबीच यो अवस्थाले संरा अमेरिकालाई ठूलो असर पार्नेछ”, विश्लेषकहरूले भने ।
संरा अमेरिकी दुग्ध उत्पादनले अन्तर्राष्ट्रिय विक्रीमा ठूलो अवरोध सामना गरिरहेको छ ।
बितेका दुई वर्षमा बजारमा अस्थिरताको कारण दुग्ध क्षेत्रबाट दस प्रतिशत व्यवसायी व्यवसायबाट बाहिरिएका छन् । दुग्ध क्षेत्रमा लगातारको ¥हासबीच दूध उत्पादनमा भने कमी आएको छैन । औद्योगिक तथ्याड्ढले देखाएअनुसार बितेको दसकमा संरा अमेरिकी दुग्ध उत्पादन १४.५ प्रतिशतले घटेको छ भने दुध उत्पादन प्रति गाई १३.५ प्रतिशतले बढेको छ ।
बजारमा भटमास र बदामजस्ता बिरुवाजन्य दुधसँगको प्रतिस्पर्धा नै दुग्ध किसानहरूको लागि चुनौती बनेको छ ।
दर्जनौं गाईलाई व्यवस्थित रूपमा दुहने सुविधासम्पन्न फार्ममा दैनिक ३४ हजार ग्यालन दुध बजारमा पठाउने कुनिङघमले बजारमा अस्थिरताबीच आफ्नो व्यापार बिस्तार हुनेमा आशा गर्छन् । तथापि गत वर्षको सरकारको व्यापार नीतिले आर्थिक दबाब महसुस गरेको बताए ।
गत वर्ष अमेरिकी दुग्ध कृषकको लागि सबभन्दा कम नाफाको वर्ष बन्यो ।
दुग्ध उद्योगले संरा अमेरिकी अर्थतन्त्रमा बृहत् प्रभाव पारेको छ । त्यहाँको कूल गार्हस्थ उत्पादनको १ प्रतिशत दुग्ध क्षेत्रले योगदान गरिरहेको छ । दुग्ध उद्योगले त्यहाँ ३० लाख मानिसलाई रोजगारी दिएको छ । दुग्ध किसानहरू संसारकै दुई ठूला आर्थिक शक्तिबीचको सहकार्यको अपेक्षा गर्छन् । “हामीलाई चीन चाहिन्छ । हामीलाई अन्तर्राष्ट्रिय बजारको खाँचो छ । हामीले हाम्रो उत्पादनको उचित मूल्य पाउनेछौं र हामीले अहिले उत्पादन गरिरहे जस्तै उत्पादनलाई चालू राख्न सक्छौं”, कुनिङघमले भने । (सिन्ह्वा)
Leave a Reply