तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा इन्जिनियर समाज नेपालको आयोजनामा साप र अटोक्याडसम्बन्धी व्यवसायिक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम श्ुक्रबार ख्वप इन्जिनियरिङ्ग कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले तालिममा सहभागी प्रशिक्षार्थी एवम् प्रशिक्षक इन्जिनियरहरूलाई प्रमाणपत्र वितरण गंर्दै सिक्ने र सिकाउने देश र जनताको हितमा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हामीले ठूला–ठूला देशहरूको अनुभव र ज्ञानबाट सिक्न खोजेमा दृष्टिकोण पनि फराकिलो हुने बताउँदै उहाँले इन्जिनियरिङ्ग कलेजका पुस्तकालयहरूमा संसारभरकै अध्ययन अनुसन्धानसित सम्बन्धित पत्रिका तथा बुलेटिनहरू राख्नुपर्नेमा जोड दिनुभयो ।
प्रजग कोरियाजस्तो सानो देशमा पनि उत्कृष्ट इन्जिनियरिङ्ग शिक्षा र लाखौँ इन्जिनियरहरू तयार हुने गरेको चर्चा गंर्दै अध्यक्ष रोहितले प्रजग कोरिया र दक्षिण कोरियाबीच आधुनिक सहर र संरचनाहरूको निर्माणमा प्रतिस्पर्धा हुने गरेको बताउनुभयो ।
व्यवस्थित इन्जिनियरिङकै कारण ठूला–ठूला सहरहरूको निर्माण छोटो अवधिमै सम्पन्न भएको उल्लेख गर्दै उहाँले चीन र प्रजग कोरियाबाट शिक्षा लिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा सापका प्रशिक्षक इ. सुदिप कारञ्जित, अटोक्याडका प्रशिक्षक इ. सरोज फैजूले तालिमका अनुभव र काम गर्दा आउने चुनौतीहरूबारे जानकारी गराउनुभयो ।
समाजका अध्यक्ष इ. रवीन्द्र फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षार्थीहरू प्रशान्त गौतम, इ. नितेश बासुकला, सृष्टि हाडा र इ. अमितशङ्कर श्रेष्ठले पनि तालिमका बारेमा अनुभवहरू बताउनुभएको थियो ।
Leave a Reply