ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ८ कार्तिक । जिल्लाका विभिन्न समस्याबारे नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ । नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूको नेतृत्वमा गएको टोलीले दिएको ज्ञापनपत्रमा निम्न बुँदा समाधानको लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ः
– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँमध्ये ३ करोड रुपैयाँ बजेटको योजना ठेक्कामा दिनैपर्ने कार्यविधिको प्रावधान खारेज गरी स्थानीय उपभोक्ता समितिबाटै गर्ने प्रावधान राख्नुपर्ने,
– नगरकोट सडक निर्माण विलम्ब गर्ने ठेकेदार र सरकारी अधिकारीहरूलाई अविलम्ब कारबाही गर्नुपर्ने,
– निकोसेराको बिग्रेको सडक अविलम्ब मर्मत गर्नुपर्ने,
– थिमि–बोडेकोे बिग्रेको सडक अविलम्ब निर्माण गर्नुपर्ने,
– एक जना व्यापारीको लागि साँगामा करोडौँ रुपैयाँको सरकारी बजेट खर्च गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अविलम्ब खारेज गरी सो बजेट जनताको हितमा उपयोग गर्नुपर्ने,
– गोंसपुलदेखि–कलमसीसम्मको सडक अविलम्ब निर्माण गर्नुपर्ने,
– देशको सन्तुलित विकास गर्नुपर्ने,
– सडक निर्माणको नाममा सीमाङ्कन पर्खालमात्र लगाउने कमिसनखोर अधिकारीहरूलाई कारबाही गर्नुपर्ने,
– घर बनाउन नसकेका भूकम्प पीडितको लागि अनुदान र दुई प्रतिशत ब्याजको पुनः कर्जा ऋण चालू राख्नुपर्ने,
– अन्तर्राष्ट्रिय रङ्गशाला भक्तपुरमा बनाउने ठाउँ नभएकोले सन्तुलित विकाससमेतका लागि मकवानपुर वा बारा वा पर्सामा बनाउनुपर्ने,
– नेपाल इन्जिनियरिङ्ग कलेजको एक करोड रुपैयाँ कमिसन खाने भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने,
– सरकारी स्वामित्वको भक्तपुर इँटा कारखाना कब्जा गरी वार्षिक अर्बौं रुपैयाँ कुम्ल्याउने भ्रष्टाचारीहरूलाई अविलम्ब कारबाही गर्नुपर्ने,
– सार्वजनिक जग्गा र पोखरी निजी गरिएको अविलम्ब खारेज गरी पुनः सार्वजनिक गर्नुपर्ने,
– भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानीय सीप र स्रोतमा आधारित पर्यटकीय औद्योगिक क्षेत्रमा रुपान्तरण गर्नुपर्ने,
– भक्तपुर क्यान्सर अस्पतालका पूर्वव्यवस्थापन समितिका भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने ।
Leave a Reply