भक्तपुरमा दाफा प्रदर्शनीको उद्घाटन : नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नु आवश्यक
- जेष्ठ १५, २०८३
भक्तपुर, ९ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शुभ–दीपावली र नेपाल संवत् न्हुदँ ११४० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाले देश र जनताको हितमा निःस्वाथरूपले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
उहाँले किसानहरूलाई चाहिने मलको अरबांँ रुपैयाँ विदेशबाट आयात भइरहेकोमा चिन्ता प्रकट गर्दै इमानदारीको पाठ विद्यार्थीकालदेखि नै सिकाउन सके जुनसुकै क्षेत्रमा गए पनि इमानदारीपूर्वक काम गर्न प्रेरित हुने धारणा व्यक्त गर्नुभयो ।
चीन, क्युवा, प्रजग कोरियालगायतका समाजवादी देशका व्यवस्थाहरूबारे सुचित गर्दै उहाँले शोषणरहित समाज स्थापना गर्ने प्रमुख उद्देश्य राजनीतिक पार्टीहरूको हुनुपर्ने बताउनुभयो ।
दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकारी नेता तथा सांसदहरूलाई कम्युनिस्ट संविधानबारे अध्ययन गराउनु आवश्यक रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडबाडमा अरबांंैँ रुपैयाँको तरकारी, फलफुल र मसला किन्नको निम्ति खर्च भइरहेकोले नेपालमै उत्पादन बढाउनुपर्ने औँल्याउनुभयो । उहाँले नेमकिपाको सातौँ महाधिवेशनले पारित गरेका प्रस्तावबारे जानकारी दिँदै टोलटोलमा वाचनालय र पुस्तकालय व्यवस्थित गर्दै जाने, अध्ययन गोष्ठी सञ्चालन गर्ने, पार्टी कार्यकर्ताबीच सैद्धान्तिक छलफल चलाउने, खेलकुद गतिविधि युवाकेन्द्रित ढङ्गले अगाडि सार्नेलगायतका कार्यक्रममा पार्टीले जोड दिएको बताउनुभयो ।
नेपालका उद्योग–कलकारखाना बेच्ने देशघाती सरकार र पार्टीलाई मत दिन नहुने उल्लेख गर्दै उहाँले राजनीतिक व्यवस्था नसुध्रिएसम्म देश अगाडि नबढ्ने बताउनुभयो । उहाँले गुठी संस्थान भक्तपुरले सम्पदा संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै नेपाल ट्रस्टअन्तर्गत रहेको भक्तपुरको पर्ती जग्गा स्थानीय तहलाई जिम्मामा दिनुपर्ने माग नेमकिपाको रहेको बताउनुभयो ।
नेमकिपा वडा नं. १ इन्चार्ज लक्ष्मीनारायण राजलवटले न्हु दँ ¥यालीमा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
वडाध्यक्ष श्यामकृष्ण खत्रीले नेमकिपाको सातौँ महाधिवेशनबाट प्राप्त सन्देशबारे बोल्दै नेमकिपाले चलाएको भूमिसुधार आन्दोलन, भर्पाई आन्दोलनलगायतले बहुसङ्ख्यक किसानको हक–हित सुरक्षित पार्न भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा गंगालक्ष्मी बमनु र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply