ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १० कार्तिक । भक्तपुर नगरपालिकाद्वारा आयोजित पाँचमहिने कृषि प्राविधिक तालिमका प्रशिक्षार्थीहरूलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रमको समापन समारोहमा नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा गठित कृषि समितिमार्फत मौसमअनुसारको उन्नत जातको धान, गहुँ, र आलुको बीउ वितरण गरिरहेको अवगत गराउनुभयो ।
कृषि उत्पादकत्व बढाउनको लागि भक्तपुर नगरपालिकाले माटो परीक्षण तालिम, विषादी प्रयोगसम्बन्धी तालिम, कौसी खेती तालिमलगायतका विभिन्न तालिम सञ्चालनमा जोड दिइरहेको उल्लेख गर्दै परम्परागत शैलीलाई आधुनिक शैलीको खेतीमा रुपान्तरण गर्दै नयाँ प्रविधिहरूको विकासलाई ध्यान दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष तथा कृषि समितिका संयोजक राजकृष्ण गोराले तालिम सञ्चालनका उद्देश्यहरूबारे प्रस्ट पार्दै कृषि क्षेत्रमा नयाँ पाविधिको प्रयोगले उत्पादनमा वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले पैसाको निम्ति नैतिकता बेच्नेहरू समाजका घृणित पात्र हुन्, देशको कृषि उत्पादन बढाउन तालिम प्राप्त प्रशिक्षार्थीहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि प्राविधिक तालिमका प्रशिक्षक रमीन्द्र सुवालले तालिमबाट सिकेको सीप व्यवहारिकरूपमा प्रयोग गर्न उत्प्रेरित गर्नुभयो भने प्रशिक्षार्थी चन्द्रशेखर रन्जितकारले कृषि प्राविधिक तालिम निकै उपयोगी भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply