भक्तपुरमा दाफा प्रदर्शनीको उद्घाटन : नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नु आवश्यक
- जेष्ठ १५, २०८३
भक्तपुर, १० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले महिला नेतृत्व विकासमा जोड दिनुभएको छ ।
आइतबार दीपावली, नेपाल संवत् ११४० र छठ पर्वको अवसरमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष रोहितले आधा आकाश ओगटेका महिलालाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभएको हो । “तर, त्यसको लागि महिलालाई योग्य र सक्षम बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको राष्ट्रपति महिला हुँदा पनि महिला हिंसा अझ बढेको र राष्ट्रपति महिला हुँदैमा पुँजीवादी व्यवस्थामा महिलाका सबै समस्या समाधान हुन नसक्ने बताउनुभयो ।
युवाहरूलाई राजनीतिकरूपमा सचेत बनाउन नसके देश नजोगिने चर्चा गर्दै उहाँले तत्कालीन सोभियत सङ्घमा युवाहरूलाई राजनीतिक रुपमा प्रेरित नगर्दा सोभियत सङ्घ विघटन गर्न संशोधनवादी र साम्राज्यवादीहरू सफल भएको बताउनुभयो ।
“सोभियत सङ्घमा मे दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सोभियत युवाहरूको सहभागिता कम हुन्थ्यो । नाचगान र खानपिनको कार्यक्रममा उनीहरूको ध्यान बढी हुन्थ्यो । पछि त्यसको परिणाम देखियो । सोभियत सङ्घ विघटन भयो”, उहाँले भन्नुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकतासम्बन्धी प्रावधान संशोधन गर्न शासक दलहरू गम्भीर नहुँदा ठूलो सङ्ख्यामा विदेशीले नागरिकता पाएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले विद्यार्थीहरुको दुर्घटनामा कमी ल्याउन शिक्षकहरू चनाखो हुनुपर्ने र शिक्षक–शिक्षिकाले आफूसँग भएका कमजोरी हटाउन मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाइँले प्रदेशसभामा ठेकेदारहरूको बढी उपस्थिति भएको र उनीहरूको ध्यान प्रदेशका जनताको समाधान गर्नभन्दा आफ्नो व्यापार व्यवसायको प्रवद्र्धन गर्ने भएको बताउनुभयो ।
इसानका सल्लाहकार आशाकुमार चिकंबञ्जारले फजुल र विदेशी सामानको खर्च कम गरेर तिहार मनाउनुपर्ने र साथैै चाडबाडका सामानहरु नेपालमै उत्पादन गर्नुपर्ने भन्दै तिहारको शुभकामना दिनुभयो ।
कार्यक्रममा शिक्षक कान्छा बासुकला, इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा र महासचिव पुरुषोत्तम ग्वाछाले शुभकामना व्यक्त गर्नुभएको थियो । भक्तपुर, १० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले महिला नेतृत्व विकासमा जोड दिनुभएको छ ।
आइतबार दीपावली, नेपाल संवत् ११४० र छठ पर्वको अवसरमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष रोहितले आधा आकाश ओगटेका महिलालाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभएको हो । “तर, त्यसको लागि महिलालाई योग्य र सक्षम बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको राष्ट्रपति महिला हुँदा पनि महिला हिंसा अझ बढेको र राष्ट्रपति महिला हुँदैमा पुँजीवादी व्यवस्थामा महिलाका सबै समस्या समाधान हुन नसक्ने बताउनुभयो ।
युवाहरूलाई राजनीतिकरूपमा सचेत बनाउन नसके देश नजोगिने चर्चा गर्दै उहाँले तत्कालीन सोभियत सङ्घमा युवाहरूलाई राजनीतिक रुपमा प्रेरित नगर्दा सोभियत सङ्घ विघटन गर्न संशोधनवादी र साम्राज्यवादीहरू सफल भएको बताउनुभयो ।
“सोभियत सङ्घमा मे दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सोभियत युवाहरूको सहभागिता कम हुन्थ्यो । नाचगान र खानपिनको कार्यक्रममा उनीहरूको ध्यान बढी हुन्थ्यो । पछि त्यसको परिणाम देखियो । सोभियत सङ्घ विघटन भयो”, उहाँले भन्नुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकतासम्बन्धी प्रावधान संशोधन गर्न शासक दलहरू गम्भीर नहुँदा ठूलो सङ्ख्यामा विदेशीले नागरिकता पाएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले विद्यार्थीहरुको दुर्घटनामा कमी ल्याउन शिक्षकहरू चनाखो हुनुपर्ने र शिक्षक–शिक्षिकाले आफूसँग भएका कमजोरी हटाउन मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाइँले प्रदेशसभामा ठेकेदारहरूको बढी उपस्थिति भएको र उनीहरूको ध्यान प्रदेशका जनताको समाधान गर्नभन्दा आफ्नो व्यापार व्यवसायको प्रवद्र्धन गर्ने भएको बताउनुभयो ।
इसानका सल्लाहकार आशाकुमार चिकंबञ्जारले फजुल र विदेशी सामानको खर्च कम गरेर तिहार मनाउनुपर्ने र साथैै चाडबाडका सामानहरु नेपालमै उत्पादन गर्नुपर्ने भन्दै तिहारको शुभकामना दिनुभयो ।
कार्यक्रममा शिक्षक कान्छा बासुकला, इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा र महासचिव पुरुषोत्तम ग्वाछाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply