तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, १० कार्तिक । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देश प्रचारको क्रममा डुङ्गेश्वरमा आइतबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा डुङ्गेश्वर गाउँपालिका समितिका सदस्य बिन्दुलाल रेग्मीले चाड–पर्वलाई भौतिकवादी दृष्टिले व्याख्या गरी रचनात्मक रुपमा मनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यकर्ताहरूले सांस्कृतिक स्तर उठाउन अध्ययन र अन्तरक्रियालाई जोड दिनुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा डुङ्गेश्वरका सदस्य अनिराम न्यौपानेले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पार्टी कार्यकर्ताहरु जानकार हुनुपर्ने भएकाले पार्टी प्रकाशनहरु नियमितरूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । लिलाप्रकाश दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोजक समितिका अन्य पदाधिकारीहरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply