भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा २० जना सांस्कृतिक गुरूहरू सम्मानित

भक्तपुर , ११ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार लक्ष्मी पुजाको दिन नेपाल सम्वत् ११४० नयाँ वर्षको अवसर साँस्कृतिक गुरुहरूलाई सम्मान, शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुरको दरबार क्षेत्रमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छें ९रोहित०ले पुर्खाले छोडेको संस्कृति र सम्पदा जगेर्ना मानव सभ्यताको विकास थाहा पाउन महत्वपूर्ण भएको बताउनुभयो ।
नगर र गाउँबीचको भिन्नताबारे प्रस्ट पार्नुहुँदै अध्यक्ष रोहितले सम्पदा क्षेत्रभित्रका आवास पुनःनिर्माण संवेदनशील र चुनौतीपूर्ण भएको बताउनुभयो ।
उहाँले भक्तपुरलगायतका विभिन्न ठाउँहरूका सम्पदाहरूको महत्वबारे त्यहाँका नागरिकहरूलाई सचेत गर्दै जानुपर्ने र सांस्कृतिक नाचहरूमा हुने सांकेतिक भाषामा व्यक्त हाउभाउको आफ्नै महत्व रहेको जिकिर गर्नुभयो ।
भारतको रामायण र महाभारत काल्पनिक महत्व बोकेको काब्यिक साहित्य हो भन्नुहुँदै अध्यक्ष बिजुक्छेँले समाजको वास्तविक घटना चित्रण गरी समाजमा भएको स्वार्थ भावना घटाउन त्यस्ता साहित्यले भूमिका खेलेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘कुनै पनि सम्पदा हराइसकेपछि पश्चाताप गर्नुभन्दा भएका सम्पदाहरू संरक्षणलाई निरन्तरता दिनु बुद्धिमतापूर्ण हुनेछ ।’
नेपाल मजदुर किसान पार्टी सचिव एवम् संघीय प्रेम सुवालले भक्तपुर घुम्न आएका पर्यटकहरूमा भक्तपुरप्रति सकारात्मक प्रभाव रहेको उल्लेख गर्नुहुँदै भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुको सम्मानलाई आगामी दिनहरूमा पनि निरन्तरता दिंदै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भूकम्प पीडितहरूलाई सरकारले नै घर बनाइदिनुपर्ने र भूकम्प पीडितले सहज ऋण पाउनुपर्ने बताउनुहुँदै भक्तपुरका पुनःनिर्माण हुन बाँकी सम्पदाहरू पनि छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिले भक्तपुरका सम्पदाहरूको मौलिकता कायम गर्न, गुणस्तरीय निर्माण र जनसहभागिता जुटाउन नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउन सांस्कृतिक गुरुहरूको महत्व भएको जिकिर गर्नुभयो । उहाँले आधुनिकताको नाममा हाम्रा मौलिक सम्पदा हराउँदै जानु भनेको इतिहास नै हराउनुभएको उल्लेख गर्नुहुँदै भक्तपुरका हरेक घर सम्पदा भएको हुँदा भक्तपुर नगरपालिकाले त्यसको पुनःनिर्माण मौलिक शैलीमा जोड दिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ऐतिहासिक सम्पदाहरूको नगर भक्तपुरको गौरवलाई जोगाइराख्न नगरपालिका अग्रसर र भक्तपुर नगरपालिकाले विश्व सम्पदामा सूचिकृत सम्पदाहरूको संरक्षण मौलिक शैलीमा पुनःनिर्माण गर्न प्राथिमिकताका साथ अगाडि बढिरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले भक्तपुरलाई सांस्कृति राजधानीको संज्ञा दिनुहुँदै संस्कृति समाजमा भ्रातृत्व कायम गरी एकताबद्ध बनाइराख्न मद्दत पुग्ने बताउनुभयो ।
म.प्र.प, भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले हाम्रो संस्कृति भनेको हाम्रो पहिचान हो र भक्तपुरलाई सांस्कृतिक नगरको रुपमा विकास गर्न भक्तपुर नगरपालिकाले खेलिरहेको भूमिका उल्लेखीय रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित०ले सांस्कृतिक गुरुहरूलाई नगद सहित सम्मान पत्र प्रदान गर्नुभयो थियो भने नेमकिपाका सांसद प्रेम सुवालले बृत्तचित्र प्रतियोगितामा पुरस्कृत समूह —व्यक्तिहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
भक्तपुर नगरपालिका वडा नं. १ देखि १० का २० जना देवी प्याखं, बाँसुरी बाजा, हार्मोनियम, पछिमा र तवला, धिमेबाजा गुरु, प्वङा बाँसुरी, लाला खिं, पछिमाय र भजन पछिम्या, दाफा भजनलगातका विविध विधाका सांस्कृतिक गुरुहरू सम्मानित भएका थिए । सम्मानित हुनेमा भक्तपुर नपा वडा नं। १ का कृष्णलाल दुवाल र विकु बहादुर सुवाल, भक्तपुर नपा वडा नं। २ का राम चन्द्र खर्बुजा र कृष्ण भक्त कोजु, वडा नं। ३ का सुन कुमार त्वायना र रत्नभक्त चौगुठी, भक्तपुर नपा वडा नं। ४ का श्री राम प्रसाद किजु र सूर्यभक्त सुवाल, वडा नं। ५ का तुल्सी लाल दनेखु र शेर बहादुर न्हिसुतु, वडा नं। ६ का हरिभक्त सुवाल र विष्णुभक्त अवाल, वडा नं। ७ का रुद्र बहादुर कवां र
कृष्ण भक्त दुवाल, वडा नं ८ का न्हुछे कुमार भैनात्व र विकुराम बोहजु, वडा नं। ९ का कृष्णभक्त चुल्हाद्यो र आसकाजी खोजू, भक्तपुर नपा वडा नं। १० का ज्ञानभक्त मगजु र जुजु बज्राचार्यलाई नगद रु १५००० सहित कदर पत्र प्रदान गरिएको थियो ।
वृत्तचित्र निर्माण प्रतियोगितामा भक्तपुरः द कल्चरल क्यापिटल ९अमित बनमाला० प्रथम, भक्तपुरको गाथामुग ः (ख्वप मेडिया सर्कलर) द्वितीय, बुराँज्या (भक्तपुर बचत तथा ऋण सहकारी संस्था) र नेवाः संस्कृति गाथामुग ः आयुष रविन्द्र ले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *