विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
भक्तपुर, ११ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्याले नेपाल संवत् नयाँ वर्ष फेरेको अवसर पारेर प्रत्येक वर्ष शुभकामना ¥याली तथा सभा गर्दै आएको हो । यस वर्ष पनि आज मङ्गलबार शुभकामना ¥यालीको आयोजना गरिएको छ । जनता बाँचे भाषा बाँच्छ भन्ने उद्घोषका साथ भइरहेको सो ¥याली दुई स्थानबाट सुरु गरिने छ ।
¥यालीमा सहभागी हुन गःहिटीमा भक्तपुर नगरको वडा नं १ देखि ५ सम्म र सूर्यमढीमा वडा नं छ देखि १० सम्मका वडावासीहरू सहभागी हुनेछन् । दुवै स्थानबाट बजार परिक्रमापछि खौमा टोलस्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमा रहेको स्थानमा पुगी सभामा परिणत हुनेछ ।
¥याली र सभा सफल पार्न तःमुंज्याले जिल्लाका किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक व्यापारी व्यवसायी, कर्मचारी, साहित्यकार, भाषाप्रेमी तथा सर्वसाधारणलाई उपस्थितिको लागि आग्रह गरिसकेको छ । त्यस्तै टोल र वडाका सांस्कृतिक टोली, डाफाभजन, सहकारी संस्था, विद्यालय, कलेज तथा विभिन्न सामाजिक सङ्घ संस्थालाई पनि सहभागी हुन तःमुंज्याले सञ्चारमाध्यममार्फत जानकारी दिइसकेको छ ।
सभास्थलमा पुगिसकेपछि मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पणपछि सभा हुनेछ ।
यसैबीच एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम यो वर्ष मध्यपुर थिमि नपा वडा नं ५ स्थित तुलंननीमा हुँदै छ ।
कार्तिक १२ गते दिनको ११ बजे हुने उक्त सम्मेलनको उद्घाटन स्थानीय सांस्कृतिक गुरु तेजकुमार कुन्छेँ प्रजापतिले गर्नुहुनेछ ।
विभिन्न नयाँ तथा पुराना साहित्यकारहरूले साहित्यवाचन गर्ने सो समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उत्कृष्ट साहित्यकारहरूलाई पुरस्कार वितरण गर्नुहुने कार्यक्रम छ ।
सम्मेलनको सभापतित्व शिक्षाप्रेमी आशाहरि प्रजापतिले गर्नुहुनेछ ।
सम्मेलनमा विविध भाषा साहित्य समाजका अध्यक्ष सूर्यराम था श्रेष्ठ, सल्लाहकार राजकुमार प्रजापतिले मन्तव्य र आयोजक समितिका कोषाध्यक्ष वीरकृष्ण प्रजापतिले आयव्यय विवरण, आयोजक समितिका अध्यक्ष तुल्सीकृष्ण प्रजापतिले स्वागत मन्तव्य दिनुहुने कार्यक्रम छ ।
कार्यक्रमको बीच–बीचमा साहित्य वाचन तथा गीत प्रस्तुत हुनेछ भने साँझ सांस्कृतिक कार्यक्रम देखाइनेछ ।
साहित्य सम्मेलन हुनुअघि बिहान ७ः३० बजे बोडेको ख्वपलाबाट भिन्तुना सांस्कृतिक ¥याली हुनेछ । ¥याली बजार परिक्रमा गर्दै सम्मेलन स्थलमा पुगी समापन हुनेछ ।
शिवहरि प्रजापतिले रच्नुभएको सम्मेलनको स्वागत गीतमा न्हुछेबहादुर प्रजापतिले लय हाल्नुभएको छ ।
त्यस्तै प्रगतिशील सांस्कृतिक समाजले नयाँ वर्षको अवसरमा भिन्तुना (शुभकामना) ¥याली गर्नेछ । बाजागाजासहित सुरु हुने सो ¥याली छालिङस्थित गणेश माविबाट सुरु भई झौखेलको वडा कार्यालयमा पुगी सभामा परिणत हुनेछ ।
यसरी नै सूर्यविनायक नपामा पनि शुभकामना ¥याली हुनेछ । सल्लाघारी चोकबाट बाजागाजासहित सुरु हुने सो ¥याली कटुञ्जेस्थित चक्रपाणि चालीसे चोकमा पुगी सभा हुनेछ ।
ताथलीमा पनि शुभकामना ¥याली हुनेछ । प्रगति युवा समाजको आयोजनामा हुने सो ¥याली खड्ग पुलबाट सुरु भई सौडोलको खगाङमा पुगी सभामा परिणत हुनेछ ।
यसरी नेपाल संवत् नयाँ वर्ष आराम्भ भएको अवसरमा जिल्लाका विभिन्न स्थानमा शुभकामना ¥याली हुनेछ । ¥यालीमा सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
Leave a Reply