तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ११ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल संवत् नेवारको मात्र हो भन्ने सङ्कीर्णता राख्न नहुने विचार राख्नुभएको छ ।
तिहार तथा नेपाल संवत् ११४० नयाँ वर्षको अवसरमा सिपाडोल सामुदायिक सिकाइ केन्द्र तथा ज्ञानविज्ञान पुस्तकालयको संयुक्त आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले नेपाल संवत्कै आधारमा नेपालका अनेक सांस्कृतिक गतिविधि हुने गरेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको नामसँग जोडिएको र सर्वसाधारण जनताले सुरुआत गरेको संवत्लाई राष्ट्रिय संवत्को रूपमा लिनुपर्ने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले चाडपर्व मनाउनुको उद्देश्य एवम् आदर्शमा ख्याल राख्नुपर्ने भन्दै चाडपर्वलाई अन्धविश्वासको रूपमा मनाउन नहुने धारणा राख्नुभयो । भगवान लक्ष्मीले धनधान्य बनाउने जस्तो अन्धविश्वास राख्न नहुने बरु धनमत्त हुने मान्छे अन्धो हुन्छ भन्ने अर्थको मनन गर्नुपर्ने उहाँको विचार थियो ।
गणेश माध्यमिक विद्यालयका सहप्राचार्य एवम् आयोजक संस्थाका सल्लाहकार रवीन्द्र थापाले चाडपर्वको उपयोग गरी चेतनामूलक काम गर्नु स¥हानीय भएको विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष रोशन मचामसीले जनताको सांस्कृतिक चेतनास्तर बढाउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
सिपाडोल विविचामा आयोजित कार्यक्रममा करिब एक दर्जन नृत्यहरू प्रस्तुत गरिएको थियो ।
Leave a Reply