तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ७ वडा चोर्चा एकाइ समितिको आयोजनामा नेपाल संवत् ११४० को अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नक्कली कम्युनिस्टहरूले कम्युनिस्ट शब्दकै बदनाम गरिरहेको हुँदा सचेत हुनुपर्छ भन्नुभयो । भक्तपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालगायतका विषयहरूमा गरिरहेको गतिविधि देशकै उदाहरणीय बनेको उहाँले बताउनुभयो । संस्कृतविद् ओम धौभडेलले नेपाल संवत्को इतिहास, परम्परा र संस्कृतिहरूबारे प्रकाश पार्नुभयो । स्थानीय कृष्णगोविन्द लाखाजूले नेपालभाषाको अध्ययन अध्यापन गरी नयाँ पुस्तामाझ पु¥याउनुपर्ने कुरा औँल्याउनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सङ्गठनको महत्वबारे बताउनुभयो । आयोजक समितिका अध्यक्ष प्रविन लाखाजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरु दुमरु, श्रृजन किसीले पनि बोल्नुभएको थियो । विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
Leave a Reply