सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
– सुविज्ञा थापा
हिजोआज हाम्रो देशको कुनै न कुनै भागमा हरेक दिनजसो सवारी दुर्घटना भइरहेका र मानिसहरूको अकाल मृत्यु भइरहेका समाचार सुनिरहेका र पढिरहेका छौँ । त्यसरी दुर्घटना हुँदा चालकको हातमा जीवनै सुम्पेर सवारीमा बसेका र बाटामा हिँडिरहेका निर्दोष मानिसहरूको मृत्यु हुन्छ वा अङ्गभङ्ग भई जीवनभरका लागि अपाङ्ग र अशक्त बन्न पुग्छन् । कतिपय दुर्घटनामा त चालक आफै पनि मृत्युवरण गर्न पुग्छन् । दुर्घटनामा मरेर जानेहरूको जीवन र सपना त त्यही तुहिन्छ, साथसाथै उनीहरूको आश्रयमा बस्ने वृद्ध आमाबुबा, बालबच्चा र जीवन साथीहरूको जीवन असह्य दुःख र पीडामा डुब्न पुग्छ । ती सबै दुर्घटनामध्ये अधिकांशमा चालकको लापर्वाही कारण रहेको पत्ता लागेको छ । चालकले लापरबाही जानी जानी गर्ने त होइन तर उनीहरूको मादक पदार्थ सेवन गर्ने बानीले नशाको अवस्थामा लापरबाही वा दुर्घटना गराउन पुगेका हुन्छन् ।
त्यसैले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूलाई मादक पदार्थ सेवनबाट अलग्ग राख्नु महत्वपूर्ण छ । सवारी हाँक्नुपर्ने बेलामा चालकहरूलाई कुनै पनि खाले मादक पदार्थ नदेऔं । जस्तै नाता कुतुम्ब र मित्र भएपनि चालकको काम गर्ने विशेष व्यक्तिहरूलाई मादक पदार्थ खानमा जोड बल नगरौं, बरु त्यस्तो बानी देखेमा छाड्न पे्ररित गरौं । मादक पदार्थ भनेका रक्सी, जाँड र बियरमात्र होइनन्, गाँजा, अफिम, अन्य लागूपदार्थ, सुर्ती र गुटखाजन्य मसला जस्तुहरू समेत हुन् । धेरैले यस्ता नशालु पदार्थ खाँदै सवारी हाँकिरहेको पाउँछौं । त्यही नशाको सुरुमा सवारी हाँक्दाहाँक्दै एक पल आँखा चिम्लिन पुग्नेबितिक्कै दुर्घटना निम्तिहाल्छ । कतिपयले ट्राफिक प्रहरीले मापसे जाँच गरेकोमा रिस पोख्ने गरेको पाउँछौं । तर आफू बचौं र अरूलाई पनि बचाऔं भन्ने भावना राख्नेहरूले मापसे जाँचको विरोध गर्ने गर्दैनन् । चालकहरू स्वयम्ले पनि अब सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन बहिष्कार गर्नुपर्छ । कम्तीमा मादक पदार्थ प्रयोग गरेको अवस्थामा सवारी नचलाउने वाचामा दृढ रहनुपर्छ । त्यसमा सरकार, समाज र देशवासीले नै प्रेरणा र सहयोग दिनुपर्छ ।
Leave a Reply