भर्खरै :

सिमाना नियमित गर

–नारायण शर्मा, चितवन
तराईमा खुला सिमाना नेपालको समस्या हो । जहाँका गुण्डा, हत्यारा दुबै देशका नेताले प्रयोग गरिरहेका हुुन्छन् । सीमा नियमन नगरेका कारण ठूला अपराध घट्ने गरेका छन् । तपाईहरू कोही वीरगञ्ज गएर हेर्नुभयो भने थाहा हुन्छ भारतीय नम्बरका गाडीहरू निर्वाधरूपमा प्रवेश गरेका हुन्छन् । कोही राम्रा र भारतीय हस्तक्षेप विरोधी मानिसहरूलाई सहजै अपहरण गरेर भारतमा लान्छन् । लामो समयदेखि अखडा बनाएर नेताहरूको फोर्स लगाएर बसेका प्रहरीका हवल्दार, असई र सईहरू तिनै अपराधीका साछी बसेका हुन्छन् । हामीले जग्गा किनेको खण्डमा पहिला चारकिल्लामा वाल लगाउने गर्दछौं ।
त्यसैगरी देश विकास गर्नु छ भने एक वर्षको बजेट खर्च गरेर भएपनि सके पर्खाल अन्यथा तारजाली लगाएर पनि संरक्षण गर्नुपर्दछ । अन्यथा अपराध घटिरहन्छन्, माग्नेहरू बढिरहन्छन्, सीमा मिचिइरहन्छ । हाम्रा शासकहरू छोरा छोरीलाई दिएको छात्रवृत्तिमा रमाइरहन्छन् । म रौतहटमा पुगेर गरिबी निवारण कोषले गरेको लगानी हेरेँ । समूह बनाएर रकम लिन समेत नेपाली नागरिकता आवश्यक नपर्ने भनियो मेरो मुटु नै चसक्क भयो । नेपालमा तीन करोड भारतीय भिखारीहरू छिरेर गरिबी निवारण कोषको रकम लिए भने के होला ? नीति निर्माण तहमा धेरै कमजोरीहरू छन् ।
त्यहाँ प्रायोजित मानिसहरूको बोलवाला छ । तिनको भण्डाफोर गरेर देशको हितमा हामीले काम गर्न बाध्य बनाउनुपर्ने भएको छ । तर, ढिला भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *