सिंहावलोकन राजनीतिमा एक शिक्षा हो
- असार १४, २०८३
पेइचिङ, १ नोभेम्बर (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टीको चौथो विस्तारित बैठकले चीनमा चिनियाँ विशेषतासहितको समाजवादलाई थप परिमार्जन गर्ने र देशको प्रशासनिक संस्थानहरूलाई आधुनिकीकरण गर्दै जाने निर्णय गरेको छ ।
चिकपाको १९ औँ केन्द्रीय समितिको चौथो विस्तारित बैठक राजधानी पेइचिङमा अक्टोवर २८ देखि ३१ सम्म भएको थियो ।
केन्द्रीय समितिको बैठकमा चिकपा महासचिव एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङले पोलिटिकल ब्युरोको प्रतिवेदन पेश गर्नुभएको थियो ।
बैठकको अध्यक्षता गर्दै महासचिव सिले महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो ।
“चिनियाँ विशेषतासहितको समाजवादको प्रणाली पार्टी र जनताले आफ्नो लामो अनुभव र अन्वेषणबाट विकास गरेको एक वैज्ञानिक प्रणाली हो । चीनको राष्ट्रिय सरकारका सबै कार्य र क्रियाकलापहरू उक्त प्रणालीबमोजिम नै सञ्चालित छन् र हुनुपर्छ ।” महासचिव सिले भन्नुभयो ।
विस्तारित बैठक विभिन्न १३ बुँदा निर्णयसहितको विज्ञप्ति जारी गरी समापन भयो । विज्ञप्तिमा भनिएको छ, – चिनियाँ विशेषतासहितको समाजवादको प्रणाली र चीनको प्रशासनिक प्रणाली बलियो, टिकाउ र ठूलो शक्ति सम्पन्न रहेको व्यवहारले पुष्टि गरेको छ ।
यी प्रणालीहरू १ अर्ब ४० करोड जनसङ्ख्यासहितको चीनलाई निरन्तर प्रगतितर्फ अगाडि बढाउन र पाँच हजार वर्ष लामो सभ्यताको इतिहास भएको देशको शताब्दीको दुई लक्ष्य – चिनियाँ राष्ट्रको पुनर्जागरण र जनताको पूर्ण समृद्धि प्राप्त गर्न सक्षम छन् ।
चिकपा केन्द्रीय समितिको बैठकले जनताको कल्याण र गरिबी निवारणलाई सुनिश्चित गर्न सहरी र ग्रामीण क्षेत्रको एकीकरणको बन्दोबस्तलाई परिमार्जन गर्ने र हङकङ तथा मकाउ विशेष प्रशासनिक क्षेत्रमा केन्द्रीय सरकारको निगरानीको अधिकारलाई थप सुदृढ पार्ने निर्णय गरेको बताइएको छ ।
बैठकले ‘एक देश दुई प्रणाली’ को सिद्धान्तलाई माथि उठाउँदै देशको शान्तिपूर्ण राष्ट्रिय पुनर्एकीकरणलाई पूरा गर्न थप जोड दिने निर्णय पनि गरेको छ ।
चिकपाको उक्त विस्तारित बैठकले विश्व तथा क्षेत्रीय शान्ति कायम गर्न र साझा भाग्यका समुदाय निर्माण गर्न चीनको स्वाधीन र असंलग्न विदेश नीति कायमै राखी अघि बढ्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
Leave a Reply