गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त
- असार १४, २०८३
काठमाडौँ, १५ कार्तिक । जलवायु परिवर्तन संसारको साझा समस्या हो । अत्यधिक जीवाष्म इन्धनको प्रयोग, वन क्षेत्रको विनाश, प्रदूषण आदि धेरै कारणले पृथ्वीको तापमान वृद्धि भइरहेको छ । तापमान वृद्धिले संसारमा एकातिर अनेक प्राकृतिक विपत्ति भइरहेका छन् भने अर्कोतिर प्रकृतिको भाषामा आएको परिवर्तनसँग मानिसको दैनिक जीवनमा पनि परिवर्तन हुन थालेको छ ।
भुटानको राजधानी थिम्पुमा जलवायु परिवर्तनका हिसाबले जोखिम व्यहोरिरहेका अति कम विकसित देशहरूका मन्त्रीस्तरीय बैठकमा विश्व तापक्रम १.५ डिग्रीभन्दा बढ्न नदिन विकसित देशलाई आग्रह गर्ने सहमति भएको छ । बैठकको सो निर्णयले प्रस्टतः तापमान वृद्धि र जलवायु परिवर्तनको लागि विकसित भनिएका देशहरू नै जिम्मेवार भएको देखाएको छ । संसारकै सबभन्दा ठूलो अर्थतन्त्र बन्ने होडमा विकसित देशहरूले मानिस र प्राणी जगतको साझा वासस्थान पृथ्वीको भविष्यबारे बेवास्ता गरेका छन् । वातावरणको क्षेत्रमा काम गरिरहेको संस्था इसिमोडले विश्व तापमान वृद्धि १.५ डिग्री कायम रहे ३६ प्रतिशत हिउँ पग्लिने र कार्बन उत्सर्जन हालकै अवस्था कायम रहे ६४ प्रतिशत हिउँ पग्लिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
हिमालको हिउँ पग्लिए हिमाली क्षेत्रका चराचर र मानव संस्कृति क्रमशः नष्ट हुनेछ । यसले पृथ्वीमा अनेक प्रकारका जैविक असन्तुलन ल्याउनेछ । अन्ततः यसले पृथ्वीका अन्य बासिन्दामात्र होइन, मानिसको जीवन समेत कष्टकर बनाउने छ । हिउँ पग्लिएर समुद्रको सतह बढ्दा समुद्र छेउछाउ र टापु देशहरूको अस्तित्व नै सङ्कटमा परेको छ । तापमान वृद्धि र जलवायु परिवर्तनका कारण निम्तिएका अनेकन प्राकृतिक प्रकोपले मानिस र अन्य प्राणीले अनाहकमा जीवन गुमाउनुपरेको छ । त्यसकारण आज यो समस्याप्रति संसार चिन्तित बनेको छ । विकसित देशले मानव जाति र पृथ्वीका अन्य बासिन्दाको पर्वाह नगरी आफ्नो नाफालाई मात्र प्राथमिकता राख्दा आज यो चुनौती अझ भयावह भएको छ । आर्थिक र सैनिक होडमा उनीहरूले आज पृथ्वीको अस्तित्वमाथि मडराइरहेको खतरा समेतलाई बेवास्ता गरिरहेका छन् । विशेषतः संरा अमेरिका यसको निम्ति जिम्मेवार छ । ट्रम्प सरकारले जलवायु परिवर्तनसम्बन्धी पेरिसमा भएको सम्झौतालाई लत्याएर पृथ्वी र पृथ्वीवासीप्रतिको जिम्मेवारीबाट पन्छिन खोेजेको छ ।
नेपाल स्वयम् पनि हिमाली देश भएकोले पृथ्वीको तापमान वृद्धिले निम्त्याएका समस्याबाट नेपाली जनता पीडित छन् । हिमाली क्षेत्रको जनजीवनमा क्रमशः परिवर्तन देखापर्दछ । हिमाली क्षेत्रमा पाइने जीवजन्तुको सङ्ख्या क्रमशः लोप भइरहेको छ । नेचर सस्टेनेबिलिटी जर्नलमा प्रकाशित एक लेखमा संसारका ३२ जना वैज्ञानिकले जैविक विविधतामा भइरहेको ¥हासप्रति चिन्ता व्यक्त गरेका छन् ।
यसबारे नेपालले अन्तर्राष्ट्रिय दबुमा लगातार गैरजिम्मेवार विकसित देशहरूमाथि दबाब दिन जरुरी छ । आर्थिक सहायताको लोभ र राजनीतिक दबाबको भयले पृथ्वीले भोगिरहेको समस्याबारे मौन रहनु आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको सावित हुनेछ ।
Leave a Reply