महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
कृष्णकुमार वैद्य, बनेपा
१) सुझाए/बुझाएका कुरा
खप्पिस रहेछन् शासक त ढाकछोप गर्न,
धुलो र मैलो खाल्टाखुल्टीमा फूलबुट्टा भर्न ।। १ ।।
जे थियो देखाउनु वेश बरु उत्तिनै खेर,
जति छोप्यो उति झन् उदाङ्गिन लाग्दैन बेर ।। २ ।।
जस्तो दाम उस्तै काम अचेल भाउ बेसाहा,
जोसँग पनि मागी खाने भएछ हाम्रो पेशा ।। ३ ।।
होली वाइनले मात्यो कि त दुईतिहाइले,
विश्वास गर्न छाडिसके आप्mनै दाजुभाइले ।। ४ ।।
मुख फोरेरै भनेछन् रे लौ हेर नेताहरू,
सत्ताकब्जामात्र हैन जनसेवा गर्नु बरु ।। ५ ।।
सादा जीवन ग्रहण गर्नु भनी सुझाए छ,
बिलासिता त्याग्नुपर्छ भनिकन बुझाए छ ।। ६ ।।
अर्ती भनेको घर्तीको पनि लिनु नै राम्रो हो,
सुनेको नसुुुनेझैँ ग¥यो भने सब सक्की गो ।। ७ ।।
मित्रताको डोरी गाँस्नुपर्छ मनभित्रबाट,
चेतनशील प्राणी पो हुन् भन्छ मानव जात ।। ८ ।।
ग्रेटवाललाई पनि उछिन्यो प्mलेक्सवालले,
भू–जडित पनि देख्ने भो रे अब नेपालले ।। ९ ।।
मौका आउँछ पर्खँदैन चाहेर बारम्बार,
ज्ञान र गुणले नै हो लगाउँछ परम्पार ।। १० ।।
२) युद्ध र शान्ति
बन्दुक ताकी आउनुपर्दैन रे मान्छे मार्न,
आकाशमा ड्रोन उड्छ रे बम बारुद झार्न ।। १ ।।
विकास हो कि विनाश हो यो भयो अलमल,
कतै अन्धकारै अन्धकार कतै झलमल ।। २ ।।
लुटी खाने मेसो भएछ है हात–हतियार,
सत्यको पक्ष बोल्दैन रे शक्तिको मतियार ।। ३ ।।
हतियार हुँदोरहेछ भूmटो प्रचार पनि,
विज्ञापन गर्छ आप्mनो कर्तुत सही हो भनी ।। ४ ।।
लडाइँ झगडाले उनका हतियार बिक्ने,
मान्छे भन्नेहरूले यस्ता कुरा कहिले सिक्ने ? ।। ५ ।।
कतिलाई नाकाबन्दी गरे कतिलाई हाने,
दुष्ट पापीलाई पनि अवतारी प्रभु ठाने ।। ६ ।।
रक्तपिपासु पर पीडक हिंसा रुचाउने,
सर्वाङ्ग नाङ्गो भएर पनि लाज पचाउने ।। ७ ।।
जीउको छारो उडाएर खोज्छ दुनियाँ ढाक्न,
निहँु खोजी खोजी आउँछ विनाशलीला डाक्न ।। ८ ।।
युद्ध युद्ध नै हो हुँदैन कसैको पनि भलो,
ध्वस्त बनाउनु हुन्न मानव जातिको थलो ।। ९ ।।
युद्धको विरोध गरौँ एक भई सब जागी,
एक साथ मिलेर जुटौँ विश्व शान्तिका लागि ।। १० ।।
Leave a Reply