भर्खरै :

के दिउँसै रात पार्नेहरूको राज हो त ?

प्रतिष्ठा
धनको प्रतीक लक्ष्मी भए,
लक्ष्मीको वाहन लाटोकोसेरो भए,
लाटोकोसेरोले दिउँसो नदेख्ने भए,
के धनकुम्ल्याउनेहरू
दिउँसै रातपार्नेहरू हुन् त ?
के उनीहरूले कुम्ल्याएको धन
दिउँसै लुटपाट गरिएको हो त ?
के लक्ष्मीवा लाटोकोसेराको बास
लुटपाट गर्नेकै घरमाहुने हो त ?
के भ्रष्टाचारी, कमिसनखोर, तस्करहरू,
धनकुम्ल्याउने आदिआदिको उपनाम
लक्ष्मी वा लाटोकोसेरो हो त ?
के राजतन्त्र ? के पञ्चायत ? के गणतन्त्र ?
आजसम्मका सबै सरकारहरू,
सरकारका अधिकारीहरू
के लक्ष्मी वा लाटोकोसेरोजस्तै
दिउँसो आँखा नदेख्ने हुन् त ?
लाटोकोसेरोजस्ता यी सरकारहरू,
तिनका पार्टी र नेतालाई
के जनताले चिन्न नसकेकै हुन् त ?
के यसैले चलिरहेको हो त ?
दिउँसै रातपार्नेहरूको राज !

Leave a Reply

Your email address will not be published. Required fields are marked *