भर्खरै :

नेमकिपाविरुद्ध गलत र भ्रमपूर्ण हल्लाप्रति सचेत बन्न जरुरी

भक्तपुर, १६ कार्तिक । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देश जनतासम्म पु¥याउने क्रम चालू छ । सोही क्रममा शनिबार मुगथलीमा स्थानीयहरूको भेला भएको छ ।
नेमकिपा मुगथली समितिको आयोजनामा भएको भेलामा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बन्दुक बोक्दैमा क्रान्ति नहुने चर्चा गर्दै आमुल परिवतर्नको लागि जनतालाई राजनीतिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित गर्नु आवश्यक रहेको बताउनुभयो ।
“समाज र मानिसको जीवनमा आउने आमूल परिवर्तन नै क्रान्ति हो” उहाँले भन्नुभयो ।
महिलाहरू शिक्षित र स्वस्थ रहे घर र समाज नै राम्रो हुने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले राजनीतिमा महिलाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
शासक दलहरूले नेमकिपालाई ‘नेवारको पार्टी’ भनेर झूटो प्रचार गरिरहेको तर नेमकिपाले कहिल्यै जातीय कुरा नगरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेमकिपाले किसान–मजदुरहरूको पक्षमा वर्गीय राजनीति गरिरहेको छ ।”
शासक पार्टीहरूले नेमकिपालाई ‘जुम्रे’ र ‘खर्पने’ पार्टी भनी होच्याउने गरेको विगत स्मरण गराउँदै अध्यक्ष रोहितले अहिले पनि नेमकिपाविरूद्ध त्यस्तै हल्ला फैलाइरहेको हुँदा कार्यकर्ताहरू सचेत भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको सातौँ महाधिवेशनले जनताको जीवनस्तर उकास्न शिक्षाको विकासमा जोड दिएको छ । १५ वर्ष अगाडि भक्तपुरमा ‘एक घर एक स्नातक’ नारा दिई शिक्षालाई अगाडि बढाएको परिणाम आज भक्तपुर देशकै शैक्षिक गन्तव्य बनेको छ । भक्तपुरले शिक्षाको माध्यमबाट देशकै सेवा गरिरहेको छ ।”
प्रजग कोरियामा बालबालिकाहरूको लागि राम्रो शिक्षा–दीक्षा व्यवस्था भएको उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले बालबालिकाहरूलाई राम्रो शिक्षा र संस्कार सिकाउन सके भविष्य राम्रो हुने बताउनुभयो ।
“ओली सरकारले जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा राम्रो दिन नसकेको, भ्रष्टाचारी, गुण्डा, अपराधीहरूलाई संरक्षण गरिरहेको र समृद्धिको नाममा जनतालाई झुक्याउने काम गरिरहेको छ”, अध्यक्ष बिजुक्छेँले भन्नुुभयो ।
उहाँले गुठी जग्गा कमाउने किसानलाई मोहियानी हकको व्यवस्था हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सृजना सैँजूले नेमकिपाको सातौँ महाधिवेशन काम गरी खाने जनताको आन्दोलनको सिलसिलाको रूपमा अगाडि बढेको चर्चा गर्दै किसान–मजदुरका छोराछोरीलाई बुद्धिजीवी बनाउने नेमकिपाको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताका छोराछोरी पढ्ने सरकारी विद्यालय÷कलेजलाई कमजोर बनाउने रणनीतिअनुसार प्रतिक्रियावादी र साम्राज्यवादीहरू लागिरहेको हुँदा हामी सचेत भई अगाडि बढ्नु आवश्यक छ ।”
हिमाल, पहाड, तराईसहितको प्रदेश बनाउन नेमकिपाका सभासद्हरू प्रदेश सभामा सङ्घर्षरत रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य सैँजूले अन्य राजनीतिक पार्टीहरूले जातीय राजनीतिलाई प्रश्रय दिई जनता–जनताबीच फाटो ल्याउने काम गरिरहेको छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले खोकना र बुङ्गमतीका जनतालाई उठीबास लगाउने फास्ट ट्रयाक जरूरी नभएको र त्यहाँका पुतुवारले जोती आएको जग्गामा मोहियानी हक दिलाउन नेमकिपाले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
काठमाडौँको थवहीको सार्वजनिक पोखरी मिचेर बनाएको छायाँ सेन्टर भत्काउन जनता आन्दोलित रहेको चर्चा गर्दैै उहाँले नेमकिपाले भ्रष्टाचारीहरूलाई कारबाई गर्नुपर्ने आवाज उठाइरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष बालमुकुन्द बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा हरिप्रसाद बासुकला, राधेश्याम बासुकला र मुना बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *