तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, १६ कार्तिक । नेपाल मजदुर किसान पार्टी जुम्लाको आयोजनामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अन्तर्वार्ता सङ्ग्रह – ‘समय र विचार’ पुस्तकमा केन्द्रित रही शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले राजनीतिक कार्यकर्ताहरूले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै हरेक पार्टी प्रकाशनहरूबारे अन्तरक्रिया गर्नुपर्छ भन्नुभयो ।
“कार्यकर्तालाई पढ्न सिकाउन, पढ्न उत्प्रेरणा दिन र नबुझेको कुरा स्पष्ट पार्न अन्तरक्रिया कार्यक्रमले सहयोग पु¥याउने छ”, उहाँले भन्नुभयो ।
आलोचना र आत्मालोचनाबाट सिक्नुपर्ने र पार्टी अनुशासन अक्षरशः पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी अनुशासनमा रही जनताको सेवा गर्नु नै असल कार्यकर्ताको परिचय हो भन्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले अध्ययनले अज्ञानतालाई हटाउने उल्लेख गर्दै पार्टी प्रकाशनको अध्ययनले कार्यकर्ताको सैद्धान्तिक स्तर उठ्ने छ भन्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराले भारतीय विस्तारवाद नेपालको प्रमुख शत्रु भएकोले नेमकिपाले साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरिरहेको बताउनुभयो ।
कार्यक्रममा जङ्गबहादुर शाही, विष्णुबहादुर डाँगी, राजेश्वर देवकोटा, भीमबहादुर सार्की, श्रीराम गिरी, सन्तराम घर्ती, गोरखबहादुर शाही, हर्क बोहरा, मानबहादुर बोहरालगायतले पुस्तकबारे आ–आफ्नो अध्ययनको सार राख्नुभएको थियो ।
Leave a Reply