भर्खरै :

अव्यवस्थित सम्पत्ति कर गलत

भक्तपुर, १६ कार्तिक । नेपाल मजदुर किसान पार्टी चाँगु नपा वडा नं. ४ एकाइ समितिको आयोजनामा शनिबार स्थानीयहरुसँग छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले नेकपाको नेतृत्वमा रहेको चाँगु नपाले अव्यवहारिक ढङ्गले सम्पत्ति कर असुल गर्न खोज्नु गलत भएको बताउनुभयो ।
स्थानीय पूर्वाधार विकास साझेदारीअन्तर्गतको योजना ठेक्कामा दिनुपर्ने गरी बनाइएको कार्यविधि गलत भएको उल्लेख गर्दै उहाँले यस्तो निर्णयविरुद्ध नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीयले बाटोको समस्यालगायत मनोहरा नदीमा वैध–अवैध ढङ्गले सञ्चालित १२–१३ वटा बालुवा छान्ने उद्योगले बालुवा छानेको पानी सीधै नदीमा पठाएपछि नदी प्रदूषित भएको र नदीमा रहने जलचरसमेत नष्ट भएकोले सो गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा श्रीभक्त भडेल र आरबी श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *