इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
ललितपुुर, १६ कार्तिक । शनिबारबाट कार्तिक नाच ललितपुरमा सुरू भयो । ३ सय ७९ वर्ष पुरानो सांस्कृतिक महत्व बोकेको नाच पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा १२ दिनसम्म नियमित देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचको रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकोले यसलाई कार्तिक नाचको नाम दिइएको बताइन्छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याखँ (लोक नाटक) १० दिन थपेर १५ दिनको पु¥याएको इतिहासकारहरूको भनाइ छ ।
यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ । २७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ । विशेषगरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक नाच हो । कार्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच देखाउने तयारी कार्तिक नाच संरक्षण समितिले गरेको छ ।
अन्य नाच बेलुका ७ बजे सुरू गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रदर्शनी हुने गरेको छ । कार्तिक नाच पहिला एक महिना देखाइने गरिएको भए पनि आर्थिक अभावका कारण छोट्याएको थियो ।
Leave a Reply