महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, १६ कार्तिक । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को सातौंँ साधारणसभा वरिष्ठ गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानले शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सहकारीको हिसाब पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
सदस्यहरूको सक्रियतामा मात्र सहकारीको विकास हुने धारणा राख्दै उहाँले सहकारीको विकासको लागि भनपाले सहकारी ऐन लागू गरेको जानकारी दिनुभयो ।
सहकारीले घर–जग्गामा लगानी गर्नुभन्दा पनि सदस्यहरूको हितको लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ, उहाँले भन्नुभयो ।
अमृत साइन्स क्याम्पसका प्रमुख डा.पुष्पलाल हुमागाइँले सहकारीले दीर्घकालीन योजना बनाई अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी संस्था सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार चल्नुपर्ने र सदस्य नबनाई घर–घर र पसल–पसलमा दैनिक नगद सङ्कलन गर्नु नीतिगतरूपमा गलत छ भन्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णराम चौगुठीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी सङ्घका रवीन्द्रप्रताप शाह, मोडर्न स्कूलका बाबुकाजी कसपाल, दयाराम तजले, राजभाइ तजले र विपिन श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानलाई सम्मान गरिएको थियो ।
Leave a Reply