सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
अई चुन
सडक आन्दोलनको कारण परिस्थिति अस्तव्यस्त भएपछि चिलीले गत बुधबार नोभेम्बरमा राजधानी सान्टियागोमा गर्न तय भइसकेको एपेक शिखर सम्मेलन स्थगित गर्ने घोषणा ग¥यो । संसारका अरू धेरै देशमा पनि यतिबेला सडक आन्दोलनहरू भइरहेका छन् । सान्टियागोका साथै पेरिस, बार्सिलोना र हङकङमा पनि सामाजिक अस्तव्यस्तता बढेको छ । के यी प्रदर्शनहरूबीच केही समानता छन् ? सबै सडक आन्दोलनमा युवाहरू नै अग्रमोर्चामा छन् । भविष्यमा कुनै पनि सहर वा देशको प्रतिस्पर्धात्मकता र सामाजिक स्थायित्व मूलतः त्यहाँका युवाहरूको रोजगारीको आवश्यकता पूरा गर्न सके वा सकेनन् भन्नेमा निर्भर हुनेछ ।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफरी सच्सले अक्टोबरमा एउटा लेख लेखेका थिए । त्यो लेखको शीर्षक थियो–‘किन धनी सहरहरूमा विद्रोह हुन्छ ?’ उनले लेखमा लेखेका छन् ः “सहरी युवाहरूको मुख्य चाहना नै सुपथ आवास र सोचेजस्तो जागिर हो ।”
युवाहरूको रोजगारीको अवस्थाले नै कुनै पनि समाजको स्थायित्व निर्धारण गर्दछ । अघिल्लो पुस्ताले जस्तै आजको पुस्ताले जीवनका आधारभूत आवश्यकता पूरा गर्न धेरै चिन्ता मान्नुपर्ने अवस्था छैन । आजको पुस्ताको मूल चासो भनेको जीवनको गुणस्तर उकास्नु हो ।
अधिकांश युवाहरू जागिरको कुनै एउटा पक्षलाई नै मात्र प्राथमिकता दिंदैनन् । धेरै तलब भएको जागिर, मोजमस्ती गर्ने, पुग्दो फुर्सदिलो समय वा उपलब्धिको सन्तुष्टिजस्ता उनीहरूका धेरै थरी चाहना जोडिएका हुन्छन् ।
सामाजिक विकास र प्रविधि युवा भावनाभन्दा पछाडि परेको छ । तथापि प्रविधिको तीव्र विकासले पुराना शैलीका उद्योगको सङ्ख्या क्रमशः खुम्चिरहेका छन् वा हराइरहेका छन् । महँगो जीवन र रोजगार बजारमा पेचिलो बन्दै गएको भयानक प्रतिस्पर्धाले युवाहरूलाई चिन्तित बनाएको छ ।
युवालाई उच्च गुणस्तरका रोजगारी सिर्जना गर्न चीनले धेरै कदम चाल्न आवश्यक छ । कुनै पनि कामको थालनी गर्न सरकारले सुरुमा पुँजी दिने, व्यवसायिक तालिम प्रवद्र्धन गर्ने, थप लक्षित रोजगारी सेवा स्थापना गर्ने, नयाँ र पुराना जनशक्तिलाई ध्यान दिने नीति ल्याउने र नयाँ युगअनुसार लचिलो रोजगारीको लागि नयाँ नीति तर्जुमा गर्ने आदि काम सरकारले गर्नुपर्छ ।
हङकङका युवाहरूको रोजगारीको लागि चीनले नयाँ नयाँ कार्यक्रम लागू गरेको छ । सन् २०१७ मा चिनियाँ मूलभूमि र हङकङको सरकारबीच सघन आर्थिक साझेदारी सहमति गरेको थियो । सो सम्झौताअनुसार मूलभूमि चीनको रोजगार बजारमा हङकङवासीले पनि प्राथमिकता पाइरहेका छन् ।
युवा रोजगारीमा स्थायित्व कायम गर्ने र विस्तार गर्ने काम त्यति सहज छैन – विशेषतः चीनमा । सन् २०१९ मा चीनका विश्वविद्यालयहरूले ८३ लाख ४० हजार युवाहरूलाई दीक्षित गरे । त्यो अहिलेसम्मकै बढी सङ्ख्या हो । त्यसको अर्थ संसारका अरू कुनै पनि देशले भन्दा चीनले थप दबाब झेलिरहेको छ ।
संसारका विकसित देशहरूको तुलनामा चीनले रोजगारी सिर्जनाको सन्दर्भमा मिहिनेत गरिरहेको छ । दक्षिण कोरियाको बेरोजगारी दर सन् २०१९ को जूनमा १०.४ प्रतिशत पुगेको समाचार कोरिया हेराल्डले प्रकाशित गरेको छ ।
जर्मनीको अनलाइन तथ्याङ्क पोर्टल स्टाटिस्टाले दिएको जानकारीअनुसार सन् २०१९ को अगस्टमा स्पेनको बेरोजगारी ३२.२ प्रतिशत पुगेको छ । समाचारअनुसार सन् २०१८ मा १५ देखि २९ वर्ष उमेरका युवाहरूबीच बेरोजगारी दर ९ प्रतिशत थियो ।
चिनियाँ सरकारमाथि कथित स्वतन्त्रता र प्रजातन्त्र नभएको भनी औँला ठड्याउने ती देशलाई आजको यस्तो अवस्था र तथ्याङ्कले झस्काएको हुनुपर्छ । चीन सामाजिक समस्याको व्यवहारिक समाधान निकाल्न प्रयास गर्दै छ । पश्चिमा विश्वले भने यस्ता सामाजिक समस्यालाई सकेसम्म बेवास्ता गर्ने गरेको छ । उनीहरूले तिनको समाधान पनि निकाल्न सकेका छैनन् ।
पश्चिमा राजनीतिक व्यवस्थाले कथित प्रजातन्त्र र स्वतन्त्रताको समाधान खोज्दै गर्दा यदि युवाहरूको प्रतिस्पर्धात्मक भावनालाई परिचालन गर्न नसके आज संसारका विभिन्न देशमा फैलिएका अराजकता अन्य देशमा पनि डढेलो सरि फैलिनेछ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः बिकेस
Leave a Reply