भर्खरै :

तथ्यबाट सीएनएनको रङ्गीन चस्मा ध्वस्त

लण्डन, २ नोभेम्बर । बेलायती प्रहरीले नोभेम्बर १ तारिखमा राति एउटा वक्तव्य प्रकाशित गर्दै गत महिनाको सुरुमा एउटा बरफ गाडीमा फेला पारिएका ३९ जना मृतक सबै नै भियतनामी नागरिक हुन् भन्ने जनाएको छ । चीनले ती ३९ जना भियतनामी मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
यस अवस्थामा उक्त काण्डका सम्बन्धमा केही प्रसिद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले के कस्तो धारणा लिएको भन्ने कुराको पुनःसोच विचार गर्नु ज्यादै आवश्यक छ । केही दिनअघि ती मृतकको हैसियत र मरेको कारण के छ भन्ने कुरालाई निश्चित नपारिएको खण्डमा अमेरिकी सीएनएनले वास्तविक प्रमाण भेटेजस्तो गरी चीनको परराष्ट्र मन्त्रालयसमक्ष के प्रश्न तेस्र्याएको थियो भने नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा किन ती चिनियाँहरूले यस्तो उग्रवादी शैलीमा चीन छाड्नुपरेको त ?
संसारमा अन्तर्राष्ट्रिय प्रभावकारी शक्ति बोकेको एक प्रसिद्ध सञ्चारमाध्यमको हैसियतले सीएनएनको उक्त प्रश्नमा तथ्यबाहेक उत्तेजना, कल्पना र गोप्य सङ्केत स्पष्टसँग लुकेका छन् । तर, मानवीयताको आधारभूत भावना पटक्कै छैन ।
अहिलेसम्म तथ्य कुराले सीएनएनको रङ्गीन चस्मालाई ध्वस्त पारेको छ । के भन्नसकिन्छ भने मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु नै सीएनएनलगायतका रङ्गीन चस्मा लगाएका विदेशी सञ्चारमाध्यमहरूको अबको उपाय हो । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *