भर्खरै :

वाइजल्यान्डर्स कप सम्पन्न

भक्तपुर, १६ कार्तिक । वाइजल्याण्ड सेकेन्डरी स्कूलका पूर्वशिक्षक – शिक्षिका र पूर्वविद्यार्थीहरूबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यका साथ भएको वाइजल्यान्डर्स फूटसल कप शनिबार सम्पन्न भयो ।
विद्यालयका शिक्षकहरूबीच भएको मैत्रीपूर्ण खेलमा कमलराज गोसाईले ह्याट्रिक गर्नुभयो र आफ्नो टीमलाई जिताउन सफल भयो । पूर्वविद्यार्थीहरूका १३ वटा समूहले भाग लिएको उक्त प्रतियोगितामा २०७१ ब्याचले जित हासिल ग¥यो ।
विद्यालयका प्राचार्य आशाकुमार चिकबन्जार, व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण किसी, वडा नं. ७ का वडा अध्यक्ष उकेश कवां र वडा नं. ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितापछिको पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्राचार्य चिकबन्जारले विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूले देशभित्र र बाहिर विभिन्न क्षेत्रमा योगदान पु¥याइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *