भर्खरै :

त्रिविको नयाँ नेतृत्वसामु चुनौतीको पहाड

त्रिभुवन विश्वविद्यालयमा नयाँ नेतृत्व आएको छ । आइतबार बसेको मन्त्रिमण्डल बैठकले धर्मकान्त बाँस्कोटालाई त्रिविको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने अनि मन्त्रिमण्डलको बैठकबाट पदाधिकारी नियुक्ति गर्ने प्रावधान रहेसम्म विश्वविद्यालयहरू राजनीति छत्रछायाबाट कहिल्यै मुक्त हुनसक्दैनन् । नवनियुक्त उपकुलपति बाँस्कोटा नेकपानिकट प्राध्यापक हुन् ।
‘अगेनसको तबेला’ बनेको त्रिवि सफा गर्न भने जो कोहीको लागि सहज छैन । त्रिविभित्र दसकौँदेखि थुप्रिएको विकृति सफा गर्न ‘हर्कुलस’कै खाँचो छ । शासक दलहरूले दलीय भागबन्डा र भर्तीकेन्द्र बनाएकाले विश्वविद्यालय प्राज्ञिक केन्द्रभन्दा बढी शासक दलका आफन्त, नातागोता र झोलेको ‘राजनीति’ गर्ने थलो बनेको छ । त्रिविभित्र अधिकांश प्राध्यापक र कर्मचारीहरू आफूसम्बद्ध दलकै नाम निधारमा टाँसेर पसेका हुन्छन् । दलकै परिचयको आधारमा त्यहाँको भूमिका तल–माथि हुने गर्दछ । शासक दलसम्बद्ध विद्यार्थी र कर्मचारीहरूको भूमिका पनि मूलतः यस्तै हुने गरेको छ । विश्वविद्यालयको स्रोत–साधनमा भागबन्डा मिलाएर खानेमै ती स·ठनहरूको भूमिका केन्द्रित हुने गरेको छ । विश्वविद्यालयको निर्णयसमेत दलको नेतृत्वको आदेशमा फेरबदल हुने अवस्थाका कारण क्रमशः अरू विकृति पनि मौलाउँदै गयो ।

राज्य स्वयम् विश्वविद्यालय शिक्षाप्रतिको दायित्वबाट पन्छिन खोज्दा विश्वविद्यालयका विभाग र अनुसन्धान केन्द्रहरूलाई आफ्नो सञ्चालन खर्च जुटाउन दैलो दैलो चहार्नुपर्ने बाध्यता भएको छ । उनीहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलिरहेका छन् । यसले विश्वविद्यालयमा हुनुपर्ने अनुसन्धान र प्राज्ञिक अध्ययन ओझेलमा पर्दै गएको छ । विश्वविद्यालयले विभिन्न विषयमा अध्ययन गरी निकालेका निष्कर्षलाई राज्यले देशको हितमा लगाउने प्रणालीको विकास गर्न सकेको छैन ।
विश्वविद्यालयमा जरा फैलाएर बसेको कर्मचारीतन्त्र अर्को चुनौती हो ।

त्रिवि आज वास्तविक अर्थमा अब्बल प्राज्ञिक अनुसन्धानको केन्द्र बन्न सकेको छैन । अनुसन्धानको लागि उचित व्यवस्था नहुँदा विश्वविद्यालय प्रमाणपत्र बाँड्ने थलो बनिरहेको छ । त्रिविका अनुसन्धान निकायहरू स्रोत–साधनको अभावमा शिथिल छन् ।विश्वविद्यालय अनुदान आयोग र विभिन्न विदेशी दातृ निकायसामु हात फैलाएर जेनतेन घस्रिरहेका छन् । विश्वविद्यालयको जागिर खाएर निजी कलेजमा लगानी गर्ने र त्यही उद्योगबाट नाफाको लागि मिहिनेत गर्ने प्राध्यापकहरू धेरै छन् । त्रिविको नाम बेचेर आफ्नो निजी उद्योग सञ्चालन गर्ने ती प्राध्यापकहरूले त्रिविलाई गुणस्तरीय र गौरव गर्नलायकको विश्वविद्यालय बनाउन सकेका छैनन् । कलेजका प्राध्यापक, कर्मचारी र विद्यार्थी नेता भएर कलेजमा हुने निर्माण कार्य र अन्य आवश्यक सामग्री खरिदमा कमिसन कुम्ल्याउने विकृतिले विश्वविद्यालयलाई भ्रष्टाचारको केन्द्र पनि बनाएको छ ।
राज्य स्वयम् विश्वविद्यालय शिक्षाप्रतिको दायित्वबाट पन्छिन खोज्दा विश्वविद्यालयका विभाग र अनुसन्धान केन्द्रहरूलाई आफ्नो सञ्चालन खर्च जुटाउन दैलो दैलो चहार्नुपर्ने बाध्यता भएको छ । उनीहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलिरहेका छन् । यसले विश्वविद्यालयमा हुनुपर्ने अनुसन्धान र प्राज्ञिक अध्ययन ओझेलमा पर्दै गएको छ । विश्वविद्यालयले विभिन्न विषयमा अध्ययन गरी निकालेका निष्कर्षलाई राज्यले देशको हितमा लगाउने प्रणालीको विकास गर्न सकेको छैन ।
विश्वविद्यालयमा जरा फैलाएर बसेको कर्मचारीतन्त्र अर्को चुनौती हो ।
विद्यार्थी राजनीतिको नाममा शासक दलकै विद्यार्थी स·ठनहरूले कलेजमा गर्ने गुण्डागर्दी विश्वविद्यालय सुधारको लागि अर्को तगारो हो । यस्ता हजार चुनौती र समस्या समाधान गरेरमात्र विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन सकिनेछ । नवनियुक्त उपकुलपति मुटुरोग विशेषज्ञ हुन् । उनमा त्रिविलाई एउटा अब्बल विश्वविद्यालय बनाउन सक्ने दरिलो मन छ–छैन, समयले देखाउनेछ । तर, विश्वविद्यालयको सुधारमा भन्दा शासक दलका दैलो दैलोमा चहार्ने केही पुराना उपकुलपतिको प्रवृत्तिलाई बाँस्कोटाले पनि दोहो¥याए त्रिविको भित्तामा अर्को एउटा तस्वीर थपिनेबाहेक अरू केही प्रगति हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *