सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
काठमाडौँ, १८ कार्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा सघन भएपछि दिल्ली सरकारले ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । वायु प्रदूषणको मापन गर्ने सूचाङ्क ‘पीएम२.५’ मानव स्वास्थ्यको लागि १०० भन्दा कम हुँदा सुरक्षित मानिन्छ । तर, सोमबार दिल्लीको वायु प्रदूषण ‘पीएम२.५’ अत्यधिक ४९६ सम्म पुगेको थियो ।
सवारी साधन, उद्योग कलकारखाना, आगोको धुँवा आदि विभिन्न कारणले नयाँ दिल्लीको वायुमण्डल अत्यधिक प्रदूषित भई मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने अवस्था आएपछि सरकारले आपतकाल घोषणा गरेको हो । प्रदूषणको कारण दिल्लीको आकाश पुरै धमिलो देखिन्छ । तुँवालो लागेजस्तै हावा निकै मैलो छ ।
सबै विद्यालयहरू बन्द गरिएका छन् । अत्यावश्यकबाहेकका कार्यालय पनि बन्द घोषणा गरिएको छ । सोमबार बिहानबाट लागू हुने गरी दिल्लीमा सवारी साधन जोरबिजोरअनुसार आलोपालो गरी चलाउने नियम लागू भएको छ । त्यहाँका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीका जनतालाई विशेष सम्बोधन गरी सकेसम्म प्रदूषणका कारकलाई न्यून गर्न आग्रह गरेका छन् । निजी सवारी साधनमा अन्य यात्रुलाई पनि बोक्ने कारपुलिङ प्रणालीको प्रवद्र्धनमा जोड दिइएको छ । मुख्यमन्त्री केजरीवाल स्वयम् कारपुलिङमा आफ्नो कार्यालय पुगेका थिए ।
भारतको सर्वोच्च अदालतले प्रदूषण नियन्त्रण गर्न बाटोमा पानी छर्किन, दाउरा वा कोइला नबाल्न आदेश जारी गरेको छ । फोहोर बाल्ने व्यक्तिलाई ५ हजार भा.रू. जरिबाना गर्ने फैसला गरेको छ । आपतकालमा कुनै पनि निर्माण कार्य वा भत्काउनेलाई एक लाखसम्म जरिवाना गर्न पनि उसले फैसला गरेको छ । दिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि सर्वोच्च अदालतले दिल्लीका छिमेकी प्रान्तहरू पञ्जाब र हरियाणाका सरकारलाई धुवाँ फाल्ने गरी आगो बाल्ने काम तत्काल रोक्न आदेश जारी गरेको छ । “दिल्लीमात्र होइन, तपाईँहरूका प्रान्त पनि प्रदूषणबाट नराम्ररी प्रभावित बनेका छन्”, अदालतले भनेको छ । सर्वोच्चको आदेशलगत्तै दुवै प्रान्तका सरकारले सुरक्षाकर्मी र कर्मचारी परिचालन गरी आगो बाल्न रोक लगाएका छन् । राष्ट्रिय राजधानीमा प्रदूषण अत्यधिक बढेको स्वीकार्य हुन नसक्ने सर्वोच्चले भनेको छ । प्रदूषण नियन्त्रण गर्न सरकारले प्रभावकारी काम नगरेको भन्दै अदालतले केन्द्रीय सरकार र दिल्ली सरकारको आलोचना गरेको छ ।
सरकारले आपतकाल दस दिनदेखि पन्ध्र दिनसम्म लम्बिन सक्ने बताएको छ । ४२.७ वर्गकिलोमिटरमा फैलिएको नयाँ दिल्लीमा २ करोड ९३ लाख ९९ हजार १४१ जनसङ्ख्या छ । अत्यधिक जनसङ्ख्या, सवारी साधनको चाप, उद्योग कलकारखाना, दाउरा र कोइलाबाट आउने धुँवा र दिल्लीसँग जोडिएका प्रान्तहरू हरियाणा र पञ्जाबमा किसानहरूले खेतमा आगो बाल्नु नै दिल्लीमा प्रदूषण बढ्नुको मूल कारण मानिएको छ ।
छिमेकी देशको राजधानी दिल्लीमा अहिले सामना गर्नुपरेको वायु प्रदूषणको समस्या केही वर्ष अघि अर्को छिमेकी देश चीनको राजधानी पेइचिङका जनताले पनि भोग्नुपरेको थियो । प्रदूषणको यस्तो समस्यालाई लिएर चीन सरकारको अन्तर्राष्ट्रियरूपमा चर्को आलोचना भए पछि पेइचिङले वातावरणीय संरक्षणलाई विशेष जोड दिंदै प्रदूषण नियन्त्रणको लागि अग्रसरता देखाएको छ । चीनले उद्योग कलकारखानामा कोइला वा अन्य जीवाष्म इन्धनको प्रयोग रोकेर सफा ऊर्जा प्रवद्र्धनमा जोड दिएको छ । भारत सरकारले भने यसमा ठोस कदम चाल्न सकेको देखिएन ।
छिमेकी देशका राजधानीले सामना गरिरहेका यी समस्याबाट नेपाल पनि सचेत बन्नुपर्छ । काठमाडौँ उपत्यकाभित्र अत्यधिक जनसङ्ख्या, सवारी साधनको बढ्दो चाप, धुलाम्य बाटोघाटो, हरियालीको ¥हास, उद्योग कलकारखानाबाट भइरहेको प्रदूषणका कारण कुनै दिन काठमाडौँले नयाँ दिल्ली र पेइचिङको नियति भोग्नुपर्ने हुनसक्छ । नेपाल सरकारले तत्कालै देशको सन्तुलित विकास, राजधानीको प्रदूषण न्यून गर्न, राजधानीलाई स्वस्थ बनाउन सबै जनसङ्ख्या काठमाडौँमा थुपार्ने वा आउन बाध्य पार्ने अवस्थाको अन्त्य गर्नुपर्छ । राजधानी वरपरका वन क्षेत्रको संरक्षण गरिनुपर्छ । प्रदूषणका कारण बनेका उद्योग कलकारखानालाई प्रविधि स्तरोन्नति गरी वातावरणमैत्री बनाउनुपर्छ । सफा ऊर्जा प्रयोगमा सर्वसाधारणलाई प्रोत्साहित गर्न सरकारले सहुलियत गर्नुपर्छ ।
Leave a Reply