तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टी सिंजा गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम भयो ।
प्रशिक्षणमा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले चुनावबाट समाजवाद र साम्यवाद स्थापना सम्भव नभएको तथापि कामदार जनतालाई समाजवाद र साम्यवादबारे सचेत बनाउन पुँजीवादी चुनावको उपयोग गर्नुपर्ने बताउनुभयो । संशोधनवादीहरू नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागिपरेको चर्चा गर्दै उहाँले भारतीय एकाधिकार पुँजीको हितमा सरकारले काम गरिरहेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस र नेकपाबीच तात्विक भिन्नता नभएको चर्चा गर्दै कोइरालाले नेमकिपाले व्यापक जनतालाई राजनीतिकरुपमा सचेत बनाउने अभियानलाई जारी राखेको धारणा राख्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराले विचार र सिद्धान्तको आधारमा बनेको सङ्गठन दिगो हुने बताउनुभयो । कुनै पनि राजनीतिक दलको स्थापना विचारको आधारमा स्थापना हुने उहाँको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य कालीबहादुर बुढा, नेपाल क्रान्तिकारी युवा सङ्घका रणबहादुर रोकाया, नेमकिपा जुम्ला जिल्ला सदस्य भीमबहादुर सार्की, वीर्ष रावतलगायतले बोल्नुभएको थियो । नेमकिपा सिंजा गाउँपालिका समितिका अध्यक्ष गणेशबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा माधवप्रसाद काफ्लेले पनि बोल्नुभएको थियो ।
Leave a Reply