भर्खरै :

नवउदारवादविरुद्ध जनता जाग्दै छन् : माडुरो

हवाना, ४ नोभेम्बर (टेलिसुर) । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले नवउदारवादले ल्याटिन अमेरिकामाथि राज्य गरिरहेको देखिए पनि जनता त्यस्ता प्रणालीविरुद्ध उठिरहेको उत्साहजनक छ भन्नुभएको छ ।
क्युवाको राजधानी हवानामा आइतबार बेलुकी सम्पन्न नवउदारवादविरुद्ध तेस्रो साम्राज्यवादविरोधी सम्मेलनमा समापन मन्तव्य राख्दै समाजवादी नेता माडुरोले ल्याटिन अमेरिकाभरका सचेत जनता ‘बर्बर पुँजीवाद’ अझ विशेषगरी अन्तर्राष्ट्रिय मुद्राकोषले अगाडि धकेलिरहेको नवउदारवादी प्रणालीविरुद्ध उठिरहेका छन् भन्नुभयो ।
क्युवाली समकक्षी मिग्वेल डायज कानेल र क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव राउल क्याष्ट्रो सम्मिलित समारोहमा भेनेजुयाली राष्ट्रपति माडुरोले भन्नुभयो, “अन्तर्राष्ट्रिय मुद्राकोषको वित्तीय प्रमुखले बनेका आर्थिक नीतिहरूबारे बहस गर्न, अध्ययन गर्न र उदाङ्ग्याउन विश्वलाई आह्वान गर्ने देश क्युवा थियो । यस क्षेत्रका जनताको एकताका लागि क्युवाले प्रथम स्थान ओगट्छ । जब फिडेल क्याष्ट्रोले घण्टी बजाउनुभयो, यहाँका ट्रेड युनियन आन्दोलनहरू जर्मुराएर उठे । त्यसपछि बर्लिन पर्खाल ढालेका र समाजवादी सोभियत सङ्घ विघटन भएको र पुँजीवादको पुनःस्थापना भएको दृश्य पनि देखियो । साम्राज्यवादले त्यसलाई सधँैको निम्ति सफलता ठान्यो ।
वामपन्थी आन्दोलनका धेरैले आफ्नो रातो ज्याकेट फुकाले । १९९० को दसक अत्यन्त कठिन समय थियो, साम्राज्यवादीहरूले नवउदारवादको राजनीतिक ढाँचा र एकध्रुवीय विश्व व्यवस्था लाद्न खोजे । त्यसको विरोधमा पहिलो आवाज क्युवाबाटै आयो । साम्राज्यवाद र नवउदारवादविरोधी सङ्घर्षमा क्युवाले मुख्य भूमिका निर्वाह ग¥यो । क्युवा त्यतिखेर विशेष, कठिन र क्युवाली जनताले सोभियत सङ्घको साथबिना पनि समाजवादलाई निरन्तर अगाडि बढायो, त्यो ठूलो वीरता थियो, हो । क्युवाले प्रतिरोध ग¥यो, अडिग भई उभियो र क्रान्तिकारी उदाहरण प्रस्तुत गर्दै अगाडि बढ्यो ।
चिलीमा चलिरहेको नवउदारवादविरोधी जनआन्दोलनको प्रशंसा गर्दै माडुरोले भन्नुभयो, “ चिलीका जनता आज पिनोचेको तानाशाहीले लादेको संविधानविरुद्ध उठिरहेका छन् । त्यसै संविधानको आधारमा नवउदारवाद लादेर जनतामाथि दमन गरिरहनु लज्जास्पद छ ।
भेनेजुयाली नेता माडुरोले अगाडि भन्नुभयो, आज ल्याटिन अमेरिकाका जनता बहिष्करण, निजीकरण, गरिबी बढाउने खेल, व्यक्तिवाद र अन्तर्राष्ट्रिविरुद्ध मुद्राकोषको बर्बर नवउदारवादी पुँजीवादविरुद्ध महान उभारमा उठेका छन् ।”
पन्चान्नबे देशका १ हजारभन्दा बढी साम्राज्यवादविरोधी आन्दोलनका प्रतिनिधिहरू समावेश भएको तीनदिने सम्मेलनमा क्युवासितको ऐक्यबद्धता, स्वतन्त्र व्यापार र बहुराष्ट्रिय कर्पाेरेसन पहिले जनता, उपनिवेशवादबाट मुक्ति, सङ्घर्ष गरी ६ वटा शीर्षकमा छलफल गरिएको थियो ।
सम्मेलनका सहभागीहरूले सङ्घर्षहरूको निरन्तरताका लागि युवा रणनीति, प्रजातन्त्र, सार्वभौमसत्ता र साम्राज्यवादविरोधी आन्दोलन, पहिचानको एकता तथा साझा सङ्घर्ष विषयमा पनि छलफल गरेका थिए ।
उक्त सम्मेलन समापन सत्रमा क्युवाली राष्ट्रपति मिग्वेलले क्युवाले साम्राज्यवादविरुद्ध गर्दै आएको इतिहास स्मरण गर्दै क्युवा सधैँ नै साम्राज्यवादी नीतिको विरोधमा रहने बताउनुभयो ।
“साम्राज्यवादी नीतिले सधँै नै पुँजीवादी प्रणालीको अन्यायहरूलाई वैधानिक बनाउन खोज्दछ र वामपन्थी वैकल्पिक शक्तिहरूलाई कमजोर पारेर हाम्रो सांस्कृतिक पहिचानलाई समेत नष्ट गर्न खोज्दछ ।” क्युवाली राष्ट्रपतिले भन्नुभयो ।
संरा अमेरिकी हस्तक्षेप र दक्षिणपन्थी षड्यन्त्रहरूविरुद्ध सङ्घर्ष अगाडि बढाउने निर्णय र योजनासाथ सम्मेलन आइतबार बेलुकी सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *