भर्खरै :

मोरङ्गका पुराना कार्यकर्ता चुल्हाई माझीको निधन

मोरङ्ग, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टी मोरङ्ग जिल्ला समितिका सल्लाहकार तथा पार्टीका पुराना कार्यकर्ता चुल्हाई माझी (थारु) को सोमबार निधन भयो । उहाँको ८७ को उमेरमा निधन भएको हो ।
मोरङ्गको मोतीपुर गाउँ निवासी माझी नेमकिपा मोरङ्गको लामो समय उपाध्यक्षको रुपमा क्रियाशील हुनुभयो । २०६४ र २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नं ३ बाट नेमकिपाको तर्फबाट उहाँ उम्मेदवार हुनुहुन्थ्यो ।
पञ्चायतकालमा मोतीपुर गाउँ पञ्चायतमा प्रधानपञ्च भएर जनताको सेवामा अहोरात्र खटिनुभएका माझी धर्मभकारीजस्ता सामाजिक संस्थामार्फत जनताको सेवा गर्नुभयो ।
उमेर र घरायसी कामको समेत पर्वाह नगरी उहाँ नेमकिपाको गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
उहाँको पार्थिव शरीरमा नेमकिपा मोरङ्ग जिल्ला समितिका अध्यक्ष शालिग्राम राउत, श्याम नेपालीलगायत पार्टी कार्यकर्ताहरूले नेमकिपाको झन्डा ओढाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *