महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
कैलाली, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजना मङ्गलबार स्थानीय बर्ढगोरिया गाउँमा स्थानीय कार्यकर्ताको भेला भयो ।
भेलामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले सिद्धान्तनिष्ठ कार्यकर्ताकै अस्तित्व दिगो हुने बताउनुभयो । लोभपापमा लागेर नेमकिपा परित्याग गर्ने नेता कार्यकर्ताको अस्तित्व नामेट भएको चर्चा गर्दै सिद्धान्त त्यागेका उनीहरू विकृति र कुलतमा फसेको बताउनुभयो । नेमकिपाका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्था बलियो बन्दै गएसँगै जनताको जीवन कष्टकर बन्दै जाने बताउनुभयो । उहाँले समाजवादी व्यवस्था स्थापनाले व्यापक कामदार जनताको हित हुने भएकाले कामदार जनता एकजुट भई समाजवादी आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेमकिपाका कैलालीका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको थियो ।
Leave a Reply