भर्खरै :

अग्रज कार्यकर्ता बासुको निधन

भक्तपुर, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता लक्ष्मीभक्त बासुको बिहीबार निधन भएको छ । उहाँ मुटु र कलेजोको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरमा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू र नेक्राकिसङ्घ भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
२०१४ चैत १० गते भक्तपुर कटुञ्जेमा जन्मनुभएका बासुको एक श्रीमती, एक छोरा र दुई छोरीहरू हुनुहुन्छ ।
पार्टीको निर्देशनअनुसार २०२३÷२४ सालदेखि झ्याउरे नाच र चेतनामूलक नाटक देखाउने कार्यमा सक्रिय दिव·त बासु नेमकिपाले अघि बढाएको बाली काट्ने र भपाई आन्दोलनमा सक्रिय भई जनताको सेवामा लाग्नुभएको थियो ।
उहाँ ०३९ मा नेक्राकिसङ्घ कटुञ्जे अध्यक्ष, २०४३ मा नेमकिपा कटुञ्जे अध्यक्ष र २०५१ मा नेक्रायुसङ्घ कटुञ्जेको जिम्मेवारी लिई पार्टी गतिविधिमा सक्रियरूपमा लाग्नुभएको थियो । विसं २०४३ मा गाउँ पञ्चायतको निर्वाचनमा उहाँ वडा नं. ९ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *