भर्खरै :

माविस्तरीय दौड प्रतियोगितामा गणेश मावि प्रथम

भक्तपुर २२ कार्तिक । सार्वजनिक मावि संयुक्त परीक्षा समितिको वार्षिक क्यालेन्डरअनुसार समाज सुधार माविले माविस्तरीय १००० मिटर छात्र र ५०० मिटर छात्रा दौड प्रतियोगिताको आयोजना ग¥यो ।
उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष एवम् बासु माविका प्राचार्य अम्बिका न्याईच्याईले खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक र मानसिक विकास सँगसँगै शैक्षिक गुणस्तरमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतको राजनीतिक नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो देशमा समावेश गर्नु नेपालको भूमिमाथि भारतको ठाडो अतिक्रमण हो भन्नुभयो ।
पञ्चकन्या माविका सन्तराम दुलाल र भूवनेश्वरी माविका कृष्णप्रसाद छुस्याकीले पनि बोल्नुभएको उक्त कार्यक्रम समाज सुधार माविका प्र.अ. लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको थियो । कार्यक्रममा समाज सुधार माविका सहायक प्र.अ. जगनाथ प्रजापतिले स्वागत गर्नुभएको थियो । कार्यक्रममा शिक्षक कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा १००० मिटर छात्र दौड प्रतियोगितामा गणेश मावि भार्वाचोका विश्वराम कुँवर प्रथम, शारदा माविका नवीन गुरुङ द्वितीय र तृतीय स्थानमा भुवनेश्वरी माविका श्रमिक कासुला भए भने ५०० मिटर छात्रा दौड प्रतियोगितामा गणेश मावि भार्वाचोकै नीशा ब्लोन प्रथम, गणेश मावि सिपाडोलकी अञ्जली मचामसी द्वितीय र भुवनेश्वरी माविकी एन्जिला ब्यान्जू तृतीय भइन् ।
सोही दिन सम्पन्न प्रावि निमावि समितिको क्यालेन्डरअनुसार समाज सुधार माविकै आयोजनामा भएको १०० र २०० मिटर छात्र छात्रा दौड प्रतियोगिता भयो । उक्त प्रतियोगितामा प्रावितर्फ प्रथम भारती आवासीय विद्यालयका सुस्मा भुजेल, द्वितीय दत्तात्रय आविका अनिता थारु, तृतीय भीम आदर्श आविका प्रिजी प्रजा, सान्त्वना ब्रह्मायणी आविका रेजिना तामाङ र बालसेवक आविका अनिता तामाङ (छात्रा) र छात्रतर्फ प्रथम स्थान बालसेवक आविका सुरेन्द्र परियार, द्वितीय गणेश मावि भार्वाचो एकलाक मन्सुरी, तृतीय स्थानमा भीम आदर्श आविका प्रवेश प्रजा, सान्त्वनामा क्रमशः ब्रह्मायणी आविका हिरण श्रेष्ठ र तारा माविका निश्चल माक भएका छन् ।
निमावि छात्रातर्फ नवीन आविका सरिना ध्वजू प्रथम, भीम आदर्शका सरिता प्रजा द्वितीय, तृतीय स्थानमा दत्तात्रय आविका रोजिना तामाङ र सान्त्वनामा समाज सुधार माविका कृजला जरेजू रहेका छन् । छात्रतर्फ प्रथम नवीन आविका रोहिन कमाली, द्वितीय स्थान गणेश माविका सुसन राई, तृतीय स्थानमा भीम आदर्श आविका निरञ्जन भुजेल र सान्त्वनामा समाज सुधार माविका अमन माझी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *