भर्खरै :

लिम्पियाधुरा रक्षा गर्न उठौँ

 प्रतिष्ठा
अलग झन्डा र विशेषाधिकार भएको
जम्मु–काश्मीरमाथिको
भारतीय हस्तक्षेप
विश्वकै न्यायपे्रमी जनताको लागि
सह्य थिएन
चीनलाई स्वीकार भएन
पाकिस्तानको विरोध भयो ।
तर नेपालमा
ओली–दाहालको सरकार
भारतसामु हुतिहारा सावित भयो
भारतको आन्तरिक मामिला बताउँदै
भारतीय दलाल बन्यो ।
नेपालका सरकारहरू कस्ता ?
भारतीय विस्तारवादसामु झुक्ने
एकाधिकार पुँजीको चँगुलमा फस्ने
मोदी फाँसीवादलाई ठम्याउन नसक्ने ।
यसैको परिणाम
नेपालको लिम्पियाधुरा
अनि कालापानी र लिपुलेक
भारतको नक्साभित्र राख्न
ओली–दाहाल पनि सहमत भए ।
जागौँ, उठौँ, नेपाली
सङ्गठित होऔँ
पुर्खाको रगतले कोरेको
देशको रक्षा गरौँ
भारतीय दलाल सरकार
अनि तिनका नेताहरूलाई
उदाङ्ग्याऔँ, नाङ्गेझार पारौँ
एक थोपा रगत भएसम्म
देशको सार्वभौमिकताको रक्षा गरौँ
नेपालको भूभागसमेत राखिएको
भारतको नयाँ नक्सा धुज्जा धुज्जा पारौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *