तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
र्कीिर्तपुर, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा भारतीय हस्तक्षेपको विरोधमा विरोध जुलुस तथा सभा कीर्तिपुर नगरपालिका वडा न.९ पाँगामा शनिबार सम्पन्न भयो । भारतको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी गाभेकोे विरोधमा विरोध जुलुस एवं सभा भएको हो ।
कीर्तिपुरको नयाँबजार बसपार्कबाट सुरु भएको विरोध जुलुस नयाँबजार, पाँगादोबाटो, सुन्दरबजार हँुंदै पाँगा धोकासीमा पुगी विरोधसभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा ३ का सदस्य सुरेन्द्रराज गोसाईले भारतीय हस्तक्षेप भारतीय विस्तारवादको नाङ्गो रूप भएकोले न्यायप्रेमी नेपाली जनता सङ्घर्षमा उत्रनुपर्ने बताउनुभयो । उहाँले मोदीको फासीवादी र भारतीय एकाधिकार पँुजीको विरोधमा नेपाली जनता एकताबद्ध भई सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
‘लिम्पियाधुरा, कालापानी र लिपुलेकका दार्चुला जिल्लाको भूमि मिच्दा पनि ‘केपी ओली र प्रचण्ड कम्पनी’ को सरकार बोल्न डराउनु दुःखको कुरा भन्दै दुईतिहाइको नक्कली कम्युनिस्ट सरकारले देश र जनताको पक्षमा, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताबारे बोल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाले नवलपरासीको सुस्ता मिच्दा पहिलोपटक विरोध गरेको स्मरण गर्दै नेपालको सार्वभौमिकता रक्षाको लागि सडक र संसदमा आन्दोलन गर्ने पार्टी नेमकिपा नै हो भन्नुभयो ।
उहाँले भूकम्पले त्राही त्राही भइरहेको समयमा नाकाबन्दी गरेर दुःख दिने मोदी सरकारको विरुद्ध नेमकिपाले सशक्त आवाज उठाएझैँ सीमा अतिक्रमणबारे पनि झुकाइ छाड्ने बताउनुभयो ।
कार्यक्रममा धर्मसेन महर्जनले पनि भारतीय हस्तक्षेपको विरोधमा बोल्नुभएको थियो ।
Leave a Reply