भर्खरै :

चितवनमा कार्यकर्ता भेला

चितवन, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति चितवनको आयोजनामा कार्यकता भेला तथा नेमकिपाको सातौँ महाधिवेशन सन्देश कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दोस्रो चितवन जिल्ला सम्मेलन तयारी समितिका संयोजक हरिप्रसाद दुवालले नेपालमा मजदुर र किसानको आन्दोलन नहोस् भन्नको लागि भारतले नेकपाजस्ता नक्कली कम्युनिस्ट पार्टी तयार गरेको बताउनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा नै सशक्त र स्पष्ट रहेको उल्लेख गर्दै उहाँले अन्याय र अत्याचार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालमा नेमकिपाले स्पष्ट दृष्टिकोण राख्दै आइरहेको छ भन्नुभयो ।
नेक्रायुसङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङले युवा विद्यार्थीहरू उठ्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा राजकुमार श्रेष्ठ, पद्म थापामगर, विष्णु शर्मा, सन्तबहादुर पाख्रिनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *