भर्खरै :

मेधा माविको भवन शिलान्यास

भक्तपुर, २३ कार्तिक । तेखापुखुस्थित मेधा माविको पुरानो भवन पुनःनिर्माणको जग शिलान्यास कार्यक्रम भनपाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले शिक्षाको विकासको लागि नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो ।
मेधा माविले देशको सबभन्दा राम्रो विद्यालय पुरस्कार पाउन सफल हुनु भक्तपुरको लागि गौरवको विषय रहेको उल्लेख गर्दै उहाँले विद्यालयको शैक्षिकस्तर अझ राम्रो हुने आशा व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश नं. ३ का सांसद रजनी जोन्छे, सम्पदाविज्ञ रवीन्द्र पुरी, रोटरीका भानु जोन्छे, गोविन्द मल्ल, विद्यालयका प्रअ गङ्गाधर हाडाले पनि बोल्नुभएको थियो ।
उक्त भवन निर्माणको लागि भनपाबाट २५ लाख, रोटरी क्लवबाट २८ लाख, रवीन्द्र पुरी फाउन्डेसनबाट ५० लाख र जिल्ला शिक्षा कार्यान्वयन एकाइबाट १०७ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *