भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
भक्तपुर, २३ कार्तिक । वागीश्वरी उपदान (सञ्चिति) कोषको तेस्रो साधारणसभा कार्तिक २३ गते शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी मावि नमुना घोषणा भएकोमा सबैलाई बधाईज्ञापन गर्नुहुँदै सामूहिक योगदानको परिणामले नै वागीश्वरीले सफलता प्राप्त गरेको बताउनुभयो ।
“देशको सबै क्षेत्रमा राज्यको स्वामित्व वा पहुँच बढाउँदै लग्ने समाजवादउन्मुख संविधानको मर्मविपरीत सम्पूर्ण देशवासीको सेवा गर्न माग भइरहेको ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिई निजी विश्वविद्यालयको स्थापनातिर राज्य केन्द्रित हुनु जनतालाई धोका दिनु हो”, उहाँले भन्नुभयो ।
निर्वाचनको समयमा शिक्षामा २० प्रतिशत लगानी गर्ने घोषणापत्रमा उल्लेख गरेको नेकपाले आफ्नो नेतृत्वमा सरकार गठनपछि शिक्षामा झन्झन् लगानी घटाउँदै लग्नुले नेकपा पनि पँुजीवादी दल नै भएको स्पष्ट पार्नुहँुदै उहाँले भक्तपुर नगरपालिका सभ्य, सुसंस्कृत समाज निर्माणमा जुटिरहेको बताउनुभयो ।
वागीश्वरीको प्रगति योगदानको उपज भएको स्पष्ट पार्नुहुँदै उहाँले सम्पूर्ण शिक्षक शिक्षिकालाई कर्मचारी स्वभावबाट मुक्त हुन अनुरोध गर्नुभयो । योगदानको अर्थ संस्थाले किनेको समत्न्दा थप हुने उहाँले स्पष्ट पार्नुभयो ।
सञ्चारमाध्यममा व्यायामशालाको विषयमा चर्चा भइरहेको प्रसङ्गमा उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले कुनै एक क्षेत्रलाई मात्र नभएर सरकारले हेर्नुपर्ने नगरका सम्पूर्ण क्षेत्रलाई बिस्तारै नमुनाको रूपमा अगाडि बढाइरहेको छ ।”
हजारौँ युवा विद्यार्थीहरू विदेशिरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले विद्यार्थीलाई दिइएको शिक्षा खेर जान नदिन उनीहरूलाई देशभक्त र अनुशासित बनाई समाजप्रति समर्पण भावना जगाउन सम्पूर्ण शिक्षकहरूलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिलगायतले बोल्नुभएको थियो ।
Leave a Reply